Cricket Himalaya
Cricket News From Top of The World

डे/नाइट टि१० सुनसरी प्रीमियर लिग : सुनसरि युथ बिरुद्ध सुपौल बिजयी

जेष्ठ ११, क्रिकेट हिमालय
सुनसरी युथ क्लबको आयोजनामा जेष्ठ ३-१५ सम्म हुँदै गरेको ‘सुनसरी प्रीमियर लिग टि१० (SPL T10)’ प्रतियोगिता अन्तर्गत भारतिय टिम सुपौल बिजयी भएको छ !

टस जितेर सुरुमा ब्याटिङ गरेको सुपौलले १० ओभरमा ७ विकेट गुमाउदै १३१ रन बनाएको थियो ! जय चन्दले २० बलमा ५२ रन, राजेस सिंहले १६ बलमा ४१ रन बनाएका थिए !

सुनसरी युथका लागि मामुन खानले २, मनिस दाहलले १ विकेट लिएका थिए !

ठूलो लक्ष पछ्याएको सुनसरि १० ओभरमा ४ विकेट गुमाउदै ६७ रनमा सिमित भएपछी ६४ रनले पराजित रह्यो ! अमीत दासले २९ बलमा ४०*, बिकास दासले १६ वलमा १५ रन बनाएका थिए !

सुपौलका लागि सिवान्शु रजाले २ विकेट लिएका थिए !

सुपौलका जय चन्द प्लेयर अफ द म्याच घोसित भएका थिए !