Cricket Himalaya
Cricket News From Top of The World

प्रथम ऎतिहासिक कुश्मा क्रिकेट कपको उपाधी बिजेता धौलागिरी क्रिकेट क्लब

जेष्ठ १२, क्रिकेट हिमालय

कुश्मा क्रिकेट क्लब द्वारा आयोजित ‘प्रथम एतिहासिक कुश्मा क्रिकेट कप’ को फाइनल खेलमा राइजिङ क्रिकेट क्लब पोखरालाइ १३ रनले पराजित गर्दै धौलागिरी क्रिकेट क्लबले उपाधी जितेको छ !

कास्की, पर्बत र बाग्लुङ्ग गरि कुल २३ टिमहरु प्रतियोगितामा सहभागी रहेका थिए !

सुरुमा ब्याटिङ गर्दै धौलागिरी क्रिकेट क्लबे १६ ओभरमा १२० रन बनाएको थियो ! लक्ष पछ्याएको राइजिङ क्रिकेट क्लब पोखरा १६ ओभरमा ८ विकेट गुमाउदै १०७ रनमा सिमित भएपछी १३ रनले पराजित रह्यो !

रुपेश सिंह १८ र २ विकेट लिदै फाइनल खेलको प्लेयर अफ द म्याच भएका थिए !

प्रतियोगिताभरी १३४ रनका साथ ९ विकेट लिदै अमृत घिमिरेले म्यान अफ द सिरिजको उपाधी जितेका थिए ! राइजिङ क्रिकेट क्लबका अमृत गुरुङ बेस्ट ब्याट्सम्यान भएका थिए भने बेस्ट बलर धौलागिरीका सन्देस खड्का भए !

उपाधी बिजेता धौलागिरी क्रिकेट क्लबले नगद रु ३२ हजार र उपबिजेता राइजिङ क्रिकेट क्लब पोखराले नगद रु १७ हजार सहित ट्रफी, मेडल प्राप्त गरेका थिए !