Cricket Himalaya
Cricket News From Top of The World

प्रथम लुम्बिनी मेयर कपको सेमिफाइनल समीकरण पूरा

क्रीकेट हिमालय, रुपन्देही ,जेठ ११

युथ कोलाब्रेटी फार ग्रीन नेपालको आयोजना , लुम्बिनी कसाइ क्रीकेट क्लबको सह आयोजना तथा लुम्बिनी सास्कृतिक नगरपालिकाको सहयोगमा लुम्बिनीको बुद्ध आदर्श स्कुलको ग्राउन्ड जारी प्रथम लुम्बिनी मेयर कपको सेमिफाइनल समीकरण पूरा भएको छ । क्वाटरफाइनल राउन्डका सबै खेल सम्पन्न हुदा वडा नम्बर ६ ,वडा नम्बर ५ ,वडा नम्बर ७ र वडा नम्बर १० ले सेमिफाइनलमा आफ्नो आफ्नो स्थान सुरक्षीत गरेका छन।

आज वडा नम्बर ९ बिरुद्धको पहिलो खेलमा वडा नम्बर १० ४४ रनले बिजयी भएको छ । पहिला ब्याटिङ सुरु गरेको वडा नम्बर १० ले २० ओभरमा ४ विकेट गुमाउदै २१३ रनको विशाल योगफल खडा गरेको थियो। वडा नम्बर १0 को लागि श्यामले ७२ , अमनले ३७ , सोनुले ३० तथा बिबेकले २२ रनको योगदान दिए । वडा नम्बर ९ को लागि रियाजुद्दिन , रामनवाज ,कदिर र समिनले समान १/१ विकेट लिए।
२१४ रनको बिजय लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको वडा नम्बर ९ ले ९ विकेट गुमाउदै १६९ रनमा खुम्चिएको थियो। वडा नम्बर ९ को लागि रियाजुद्दिले ६७ , राम नवाज १७ तथा खालिदले ११ रनको योगदान दिए ।।वडा नम्बर १० को जितमा नरेन्द्र र मुकेशले समान ३/३,बिबेक ले २ तथा कृष्णले १ विकेट लिए ।
खेलको म्यान अफ दि म्याच वडा नम्बर १० श्याम कुमार घोषित भए ।

एस्तै आज भएको दोस्रो खेलमा वडा नम्बर ३ बिरुद्ध वडा नमूना ७ ३ विकेटले बिजयी भएको छ ।पहिला ब्याटिङ गरेको वडा नम्बर ३ ले १६ ओभरमा सबै विकेट गुमाउदै १११ रन बनाएको थियो। वडा नम्बर ३ को लागि धुरुप ३२, फौसल र इम्म्मदले १४/१४ तथा सैदुरमानले ११ रनको योगदान दिए ।वडा नम्बर ७ को लागि अर्फातले ४ , ताकेस्वर र खालिकले समान २/२ तथा तथा अकलेशले १ विकेट लिए ।
११२ रनको बिजय लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको वडा नम्बर ७ ले १७.२ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पूरा गर्यो ।
वडा नम्बर ७ को जितमा अर्फातले २० ,अकलेशले १५ तथा गोबिन्द र मन्तासले समान १३/१३ रनको योगदान दिए । वडा नम्बर ३ को लागि इमरामले ४ , राजिन्द्ररले ३ तथा महम्मद र रियाजले १/१ विकेट लिए ।
खेलको म्यान अफ दि म्याच वडा नम्बर ७ अर्फत आलम घोषित भए ।
j
अब सेमिफाइनल चरणका खेलहरु जेठ १५ गते बाट सुरु हुनेछन। सेमिफाइनलका खेलहरुमा पहिलो सेमिफाइनल नम्बर ६ र वडा नम्बर ७ तथा दोस्रो सेमिफाइनलमा वडा नम्बर ५ र वडा नम्बर १० भिड्नेछन् ।
प्रतियोगिता बिजेताले ६० हजार नगद ट्रफी मेडल र प्रमाणपत्र र उपबिजेताले ४५ हजार नगद ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । एस्तै प्रतियोगिताको उत्कृष्ट बिधा तर्फ म्यान अफ दि सिरिज ,बेस्ट ब्याट्म्यान , बेस्ट बलर साथै हरेक खेलको म्यान अफ दि म्याचलाई पनि आकर्षक पुरस्कार रहेको आयोजकले जनाएको छ ।