Cricket Himalaya
Cricket News From Top of The World

महेन्द्रनगरमा सम्पन्न मैत्रीपुर्ण यु१२ खेलमा दोधारा चादनी क्रिकेट एकेडमी बिजयी

जेष्ठ ११, क्रिकेट हिमालय

महेन्द्रनगर, कंचनपुर स्थित एलबिए मैदानमा आज सम्पन्न दोधारा चादनी क्रिकेट एकेडमी (DCCA) र जय क्रिकेट एकेडमी (JCA) बिचको मैत्रीपुर्ण यु१२ खेलमा डिसिसिए ६५ रनले बिजयी भएको छ !

सुरुमा ब्याटिङ गरेको डिसिसिएले ओभरमा अल आउट हुँदै १३७ रन बनाएको थियो ! युवराज साउदले ९ बलमा १०, निस्चल सिंहले ९ बलमा २९, कैलास साउदले १७ बलमा १९, प्रेम थापाले २३ बलमा ३५ रन बनाएका थिए !

लक्ष पछ्याएको जेसिए ११ ओभरमा अल आउट हुँदै ७२ रनमा समेटिएपछी ६५ रनले पराजित रह्यो ! सौरभले १२ बलमा १७, दिपेस ठगुन्नाले १० बलमा १३ रन बनाएका थिए ! डिसिसिएका प्रेम थापाले ४, राहुल भट्टले ५ विकेट लिएका थिए !

दोधारा चादनी क्रिकेट एकेडमी (DCCA), जय क्रिकेट एकेडमी (JCA) र कंचनपुर क्रिकेट एकेडमी (KCA) का यु१२ टिमहरु बिच हरेक सनिबार मैत्रीपुर्ण खेल सन्चालन गर्ने गरिएको छ !