Cricket Himalaya
Cricket News From Top of The World

प्रथम जटायु कप क्रिकेट, कावासोती : खैरे गिद्ध र काकाकुल चिल समूह

जेष्ठ ११, क्रिकेट हिमालय

जटायु रेष्टुरेन्ट ब्यबस्थापन समितिको आयोजना, कावासोती नगरपालिकाको सहयोग एवंम् जिल्ला खेलकुद बिकास समिती र नवलपुर क्रिकेट सङ्घको समन्वयमा नवलपुरको कावासोतीमा सुरु भएको ‘प्रथम जटायुकप क्रिकेट प्रतियोगिता २०७६’ अन्तर्गत दोश्रो दिनको खेलमा कावासोती ४ को खैरे गिद्ध समूह र कावासोती १६ को काकाकुल चिल समूह विजयी भएका छन !

पहिलो खेल : कावासोती १ को डङगुर गिद्ध समुह र कावासोती ४को खैरे गिद्ध

टस जितेर व्याटिङ गरेको खैरे गिद्ध समुहले १५ ओभरमा ४ विकेटको क्षतिमा १३५ रन बनाउदै ८६ रनले बिजयी भएको हो ।

१३६ रनको लक्ष्य पाएको कावासोती १ को डङगुर गिद्ध समुहले १४.१ ओभरमा ४९ रन वनाउदै अल आउट भएको थियो ।

खेलको म्यान अफ द म्याच खैरे गिद्ध समुहका सागर उप्रेति भएका छन् । उनले ३३ वल खेल्दै २ छक्का, दुई चौका सहित ४५ रन वनाउन सफल भएका थिए ।

दोस्रो खेल : कावासोती १६को काकाकुल चिल समुह र कावासोती ६ को हाडफोर गिद्ध समूह

टस जितेर फिल्डीङ्ग रोजेको कावासोती १६ को काकाकुल चिल समुह ७ विकेटले विजयी भएको छ ।

पहिले ब्याटिङ्ग गरेको कावासोती ६ को हाडफोर गिद्धसमूहले ले कावासोती १६को काकाकुल चिल समूहलाई ९० रनको तार्गेट दिएको थियो ।

दास्रो खेलको म्यान अफ द म्याच कावासोती १६ को काकाकुल चिल समूहका प्रकाश बस्नेत घोषीत भएका छन् । उनले ४१ बलमा ३३ रन जोडेका थिए ।

यस्तै भोलीको पहिलो खेलमा कावासोती १० को सुपर्ण महा चिल समूह र कावासोती ७ को सुन गिद्ध समूह त्यस्तै दोस्रो खेलमा कावासोती ११ को लघु महा चिल समूह र कावासोती ९ को राज गिद्ध समूह बिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा कावासोती नगरपालिकाका १७ वटै वडाहरुको सहभागिता रहने जनाईएको छ । जेठ १० गतेबाट शुरु भएको प्रतियोगिता जेठ २५ गतेसम्म संचालन हुने छ ।

खेलको बिजेताले ५० हजार नगदसहित शिल्ड, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन भने दोस्रो हुने टिमले ३० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।