Cricket Himalaya
Cricket News From Top of The World

वोमेन च्याम्पियन्स लिग (WCL) को ड्राफ्ट सम्पन्न

बैशाख ३१, क्रिकेट हिमालय

क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रा. ली. को आयोजनामा आगामी असोज ३ देखी ११ गतेसम्म काठमाडौंमा ‘वोमेन्स च्याम्पियन्स लिग’ क्रिकेट प्रतियोगिताको लागि दर्ता भएका महिला क्रिकेट खेलाडीहरुको ‘ड्राफ्ट’ मार्फत फ्रेन्चाइज्ड टिमहरुले खेलाडी छनोट गरेका छन । विभिन्न पाँचवटा फ्रेञ्चाइज टोलीहरूको सहभागीतामा सञ्चालन हुने प्रतियोगिताका लागि आयोजकले वैशाखको १९ गतेदेखि २५ गतेसम्म खेलाडी आवेदन दर्ता खुल्ला गरेको थियो । सो अवधिमा वोमेन्स च्याम्पियन्स लिग खेल्न इच्छुक १०९ जना खेलाडीले आवेदन दिएका थिए । प्रतियोगिता खेल्न आवेदन दिएका खेलाडीहरूलाई नेपालमा सम्बन्धित टोलीहरूले ड्राफ्ट विधि मार्फत पहिलो पटक छनोट गरेका छन ।

१. पोखरा पल्टन (सीता रानामगर)

डाइमन्ड (रु ७५ हजार) : कविता कुवर, बिन्दु रावल
रुबिज (रु ५० हजार) : अन्जली चन्द, अनुराधा चौधरी
सफायर (रु २५ हजार) : रुबि पोद्दार, रेवती धामी, मन्जु कुमारि बोगटी, राजमती ऎरि, सरस्वती घर्तिमगर, नबिना खडका, निसा भट

२. चितवन राइनोज (ईन्दु बर्मा)

डाइमन्ड (रु ७५ हजार) : काजल श्रेष्ठ, रितु कनौजिया,
रुबिज (रु ५० हजार) : रेखा रावल, सन्तोशी चौधरी, प्रतीक्षा बस्याल
सफायर (रु २५ हजार) : सुमन खतिवडा, सरस्वती पुन, अस्मिता खरेल, प्यारी चौधरी, कन्चन श्रेष्ठ, सन्जु लामा, साबित्रा जिसि

३. क्याट क्विन्स, काठमाडौ (रुबिना छेत्री)

डाइमन्ड (रु ७५ हजार) : अप्सरी बेगम, रोमा थापा
रुबिज (रु ५० हजार) : रश्मि शर्मा चौलागाईं, सङ्गिता राई, सरस्वती चौधरी, ममता थापा
सफायर (रु २५ हजार) : सुमन बिस्ट, नितु भन्डारी, इश्वरि बिस्ट, लक्ष्मी साउद, मनिसा राना

४. ललितपुर फाल्कन्स (नेरि थापा)

डाइमन्ड (रु ७५ हजार) : ममता चौधरी, करुणा भन्डारी
रुबिज (रु ५० हजार) : सरिता दस्वा मगर, रोसनी बोहरा
सफायर (रु २५ हजार) : कविता जोशी, क्रीती सेन, सिमा थापा, गिता गोसाइ, सान्ती कुमारी चौधरी, सम्झना खडका, अनिसा केसि

५. बिराटनगर टाइटान्स (सरिता मगर)

डाइमन्ड (रु ७५ हजार) : सोनु खडका, आरती बिडारी
रुबिज (रु ५० हजार) : ज्योती पान्डे, डलि भट्ट, लक्ष्मी चौधरी, सबनम राई,
सफायर (रु २५ हजार) : क्रीतिका मरासिनी, अश्मिना कर्माचार्य, सर्मिला रोक्कामगर, क्रीस्मा गुरुङ्ग