Cricket Himalaya
Cricket News From Top of The World

दोस्रो कर्णाली प्रिमियर लिगमा सहभागी टिम, कप्तान र पुरस्कार राशी सार्बजनिक

बैशाख ४, क्रिकेट हिमालय

कर्णाली क्रिकेट एकेडमीले आज सुर्खेतमा पत्रकार सम्मेलन गर्दै दोस्रो सस्करणको कर्णाली प्रिमियर लिगमा सहभागी हुने क्रिकेट टिमको नाम, टिम कप्तान, प्रायोजक तथा पुरस्कार राशि आज सार्बजनिक गरेको छ । दोस्रो सक्सरण कर्णाली प्रिमियर लिगको मुख्य प्रायोजन सिजी फोर्स नेपाल प्रा. लि. को उत्कृष्ट उत्पादन वाई वाई चाउचाउ रहेको छ ।

देशभरीका कुल ८ क्रिकेट टिमको सहभागी हुने लिगमा बैशाख १२ बाट २१ गते सम्म सन्चालन हुनेछ । प्रतियोगिता सहभागी टिमको कप्तानहरुमा ए पि एफबाट बसन्त रेग्मी, त्रिभुवन आर्मी क्लबबाट विनोद भण्डारी, पुलिस क्लबबाट मन्जित श्रेष्ठ, लालीगुराँस क्रिकेट क्लब झापाबाट मेहवु आलम, महेन्द्रनगर क्रिकेट क्लबबाट सुशिल खड्का, मध्यपश्चिम क्रिकेट क्लब बाँकेबाट अजय शाहनी, हिमालयन क्रिकेट एकेडेमी काठमाडौंबाट सुरेन्द्र चन्द, कर्णाली ११ बाट रविन्द्रजंग शाही रहनेछन । यस्तै प्रतियोगिताको पुरस्कार राशी तर्फ बिजेताले ५ लाख ट्र्फी मेडल र प्रमाणपत्र, उपबिजेताले २ लाख नगद ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने प्रतियोगिताको उत्कृष्ट बिधातर्फ म्यान अफ द सिरिज नगद ५० हजार, वेष्ट वलरलाई २० हजार, बेस्ट व्याट्सम्यानले २० हजार नगदका साथ ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन र प्रत्येक खेलको म्यान अफ द म्याचले ३५०० पुरस्कार दिइने छ ।

प्रतियोगितामा सहभागी ८ टिमलाई २ वटा समुहमा विभाजन गरि खेलाइने प्रतियोगिता २ समुह बाट उत्कृष्ट २ टिम सेमिफाइनल पुग्नेछन । प्रतियोगिता लिग–कम नक–आउट फम्र्यामा आयोजना हुनेछ ।प्रतियोगितामा सहभागी हुने प्रत्येक खेलाडीलाई आवास र खानाको व्यवस्था आयोजकले नै गर्नेछ । १० दिन सम्म चल्ने प्रतियोगिताको ६० लाख भन्दा बढी खर्च हुने अनुमान आयोजकले गरेको छ । कर्णाली प्रदेशकै सबैभन्दा ठुलो यश क्रिकेट प्रतियोगीताको लाइभ जनता टेलिभिजन बाट हुनेछ ।