Connect with us

Nepal International

मलेसिया विरुद्ध ८ विकेटको जित


बैशाख २, क्रिकेट हिमालय

मलेसियामा जारी यु-१९ बिश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेपाल यु-१९ र मलेसिया यु-१९ बिचको खेलमा नेपाल यु-१९ ले मलेसिया यु-१९ लाई ८ विकेटले पराजित गरेको छ ।

टस जितेर ब्याटिङको निम्तो पाएको मलेसिया यु-१९ ले ३३.५ ओभरमा आफ्नो सबै विकेट गुमाउदै ९२ रन जोड्न सफल भयो । मलेसिया को लागि सर्वाधिक इज्जत डेनिएल फिक्र्य ले ३७ (५५), मोहम्मद अमिरले १३ (२६) र हकिम हरिसनले १० (१८) रन जोडे । बलिङ तर्फ नेपाल यु-१९ का पवन सराफले ३, कुशल मल्ल ३, कमल ऐरि २ र सागर ढकाले १ विकेट लिए ।

जवाफी ब्याटिङ आएको नेपाल यु-१९ ले १३ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पूरा गर्यो । नेपालको लागि रित गौतमले ३९* (४५), आसिफ शेखले २६ (१८), पवन सराफले १९ (१४) र रोहित पौडेलले ६* (१) रन जोडे । नेपाल को लागि कप्तान रोहित पौडेलले आफ्नो पहिलो बलमा छक्का प्रहार गर्दै इनिङ समाप्त गरेका थिए । बलिङ तर्फ मलेसिया यु-१९ का अफिक स्याकिर र स्युक्री मडेलिले १/१ विकेट लिए । खेलको म्यान अफ दि म्याच पवन सराफ (१९ (१४), ८.५-१-१३-३) घोषित भए ।

Post Your Comments

comments

Advertisement
Advertisement

🇳🇵 Fixtures

ACC U19 Eastern Region
2019
Selangor Turf Club (STC) Cricket Oval

ACC U19 Eastern Region
2019
Kinrara Academy Oval

ACC U19 Eastern Region
2019
Bayuemas Oval

ICC World Cup Twenty20 Asia Qualifier
2019
Indian Association Ground

ICC World Cup Twenty20 Asia Qualifier
2019
Indian Association Ground

Advertisement

Subscribe to Blog via Email

Enter your email address to subscribe to this blog and receive notifications of new posts by email.

Join 8 other subscribers

Advertisement

More in Nepal International