Connect with us

Cricket Himalaya News

दोस्रो भुमिकास्थान अन्तर नगर क्रीकेट प्रतियोगिता आजबाट सुरु


बैशाख १ / नारायण पाण्डे

नुवाकोट दिपज्योती यूवा परिषदको आयोजनामा दोस्रो भुमिकास्थान अन्तर नगर क्रीकेट प्रतियोगिता आजबाट भुमिकास्थान नगरपालिका ८ लम्ची रातापोख्रा मैदानमा सुरु भएको छ।

प्रतियोगितामा भुमिकास्थान नगरपालिकाका ६ वडा सहभागी छन्। ६ वटा वडालाई दुई समुहमा बिभाजन गरि ग्रुप लिग प्रणालीमा प्रतियोगिता खेलाइएको छ।समूह ‘क’ मा वडा नं ४, ३ र ६ रहेका छन भने समुह ‘ख’ मा वडा नं ५, ८ र ७ रहेका छन।

प्रतियोगिताको नगरपालिका प्रमुख रेशम थापा ज्यूले एक समारोहका बिच उदघाटन गर्नु भयो।

भुमिकास्थान नगरपालिकाको नगरसभा बाट युबा तथा खेलकुदका लागी बिनियोजन भएको बजेट रकम साझेदारीमा दिपज्योती यूवा परिषदले गत बर्ष जस्तै यो बर्षपनी बैशाख १ गते यो क्रीकेट प्रतियोगिता आयोजना गर्ने भनि सहमति भएपनी अन्तिम समयमा आएर नगर कार्यपालिका केही सदस्यबाट बिरोध जनाए पछी नगरपालिकाको साझेदारी बिना प्रतियोगिता सुरु भएको हो।नगर प्रमुख रेशम थापाले आफू खेलकुदको बिकास प्रती प्रतिबद्ध रहेको र आफूले ब्यक्तिगत रुपमा रू. ३५०००/- सहयोग गर्ने बताउनुभयो।

त्यस्तै प्रतियोगितामा आज भएको पहिलो खेलमा वडा नं ४ ले ३ लाई ८ विकेटले पराजित गर्यो, वडा नं ५ र ८ बिच भएको दोस्रो खेलमा वडा नं ८ ले ५ लाई ६ विकेटले पराजित गर्यो, यस्तै वडा नं ३ र ६ बिच भएको तेस्रो खेलमा वडा नं ६ ले ३ लाई ९ विकेटले हरायो र वडा नं ५ र ७ बिच भएको आजको अन्तिम खेलमा वडा नं ७ ले ५ माथी विजयी हासिल गरेको छ।
वडा नं ३ र ५ ले दुई खेल हारे संगै प्रतियोगिताबाट बाहिरिएका छन।

दुई समुहका समूह बिजेता टिम प्रतियोगिताको फाइनल खेल खेल्ने छन। यसको लागि भोलि पहिलो खेल समूह ‘क’ बाट वडा नं ४ र ६ बिच हुने छ भने दोस्रो खेल समुह ‘ख’ बाट वडा नं ८ र ७ बिच हुने छ।
यी दुई खेलका बिजेता नै यो प्रतियोगिताको फाइनल खेल खेल्ने छन।

अघिल्लो संस्करणको प्रतियोगितामा वडा नं ७ र ४ बिच फाइनल खेल भएको थियो जस्को उपाधी वडा नं ४ ले जितेको थियो। सेमिफाइनलमा वडा नं ४ ले १ लाई र वडा नं ७ ले ८ लाई पराजित गरेको थियो।

Post Your Comments

comments

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Advertisement
Advertisement

🇳🇵 Fixtures

ACC U19 Eastern Region
2019
Selangor Turf Club (STC) Cricket Oval

ACC U19 Eastern Region
2019
Kinrara Academy Oval

ACC U19 Eastern Region
2019
Bayuemas Oval

ICC World Cup Twenty20 Asia Qualifier
2019
Indian Association Ground

ICC World Cup Twenty20 Asia Qualifier
2019
Indian Association Ground

Advertisement

Subscribe to Blog via Email

Enter your email address to subscribe to this blog and receive notifications of new posts by email.

Join 8 other subscribers

Advertisement

More in Cricket Himalaya News