Connect with us

Cricket Himalaya News

नेपाली क्रिकेटमा नलेखिएको बर्तमान, युवा क्रिकेट अभियन्ताको गजबको समर्पण


बैशाख १, क्रिकेट हिमालय

बिशेष गरि नेपालीहरूका लागि चैत्र ३० र बैशाख १ गते महत्वपूर्ण दिन हुन । चैत्र ३० गते राती १२ बजे सम्म साथी भाई, ईस्टमित्र संगिनी अनी जीवन संगिनी संगै रमाईलाे गर्दै बैशाख १ अर्थात नयाँ बर्ष लाई स्वागत गर्ने गरिन्छ ।

नयाँ बर्षकाे उपलक्ष्यमा देशले उल्लास मनाइ रहदा यी दुई युवालाई भने यस पटककाे नयाँ बर्षकाे उमंगले छाेएन । नत यीनले अाफन्त संग खुसी साट्न पाए नत नयाँ बर्षलाई स्वागत नै गर्न पाए बरू सबै बिन्दास रमाई रहेका बेला राती १२ बजे बास स्थान खाेज्दै चितवनकाे नारायणी किनारमा भाैतारीदै थिए ।

ईच्छा नभएर वा परम्परा त्यागेर यी महत्त्वपूर्ण दिनलाई बेवास्ता गरेका भने हाेईनन यिनले । एक पबित्र अभियानकाे सफलताकाे सपना र नेपाली क्रिकेट प्रतिकाे समर्पणका अगाडि नयाँ बर्ष अागमनकाे उल्लासले खासै महत्त्व राखेन यी दुई भाई अनि सहयाेगी रमेश श्रेष्ठलाई । यी हुन नेक्सस क्रिकेट एकेडेमीका उपाध्यक्ष प्रबल गाैतम र ब्रम्हास्मी कलेजका डाईरेक्टर सुनन्द रेग्मी ।

ब्रम्हास्मी कलेजकाे सहयाेगले नेक्सस क्रिकेट एकेडेमीकोकाे अायाेजनामा संचालन भैरहेकाे मेचीमहाकाली यात्रा अर्थात एसईई कप ट्यालेन्ट हन्टका लागि अहाेरात्र खट्दै प्रतिभावान युवा खेलाडीकाे खाेजीमा हिडेका यी अभियन्तालाई नयाँ बर्षकाे उल्लास भन्दा बैशाख १ गते बिहान ८ बजे चितवनकाे क्याम्पाचाैरमा हुने ट्यालेन्ट हन्टकाे सफलतामा कतै कसर रहने हाे कि भन्ने चिन्ता बढी थियाे ।

जव विहान क्याम्पाचाैर पुगे तव त्यहाँ नेपाली क्रिकेट का भबिश्यहरूकाे भिडले स्वागत गर्याे अनि यिनै युवा क्रिकेटर हरूकाे बिचमा Happy New Year शब्दले नयाँ बर्ष मनाए । करिब ५ घण्टा कडा धुपमा पसिना बगाउदै युवा खेलाडीकाे प्रतिभालाई सुक्ष्म अबलोकन पछि लागे पाेखरा । बैशाख २ गते बिहान ८ बजे पाेखराकाे रंगशालामा फेरी यस्तै सयाै युवाहरू काे प्रतिभा निहाल्नु जाे छ ।

चैत्र २१ गते काठमाडौंबाट मनमा उत्साह, मुटुमा सपना र काधमा जिम्मेवारी बाेकेर हिडेका यी अभियान्ता हरू बैशाख १६ गते काठमाडौंका प्रतिभा हरूकाे छनाैट गर्दै पहिलाे चरणकाे अभियानबाट केहि दिन बिश्राम लिनेछन ।

झट्ट हेर्दा वा सुन्दा यी दुईले केनै यस्ताे महान काम गरे जाे प्रसंसा लाईक छ भन्ने पनि लाग्न सक्छ । जाबाे एक दिन एउटा नया बर्ष नमनाउदा यति धेरै बखान गर्नु पर्ने पनि भनिएला । कुरा नयाँ बर्ष, अाफन्त संगकाे रमाईलाेकाे मात्र हाेईन नेपालीहरूकाे महत्त्व चाड मनाउन नपाउदाकाे पिडा त सबैले कुनै न कुनै बेला महशुस गरेकै हाेलान ।

कुरा एक ऐतिहासिक अभियान र उक्त अभियान लाई सफल पार्न यि दुई युवाकाे समर्पणकाे हाे ।

कैलालीको हावाहुरीकाे भयानक अबस्था हाेस वा तराईकाे चरम गर्मी हाेस यात ट्यालेन्ट हन्ट असफल बनाउन खेलिएका फाेहाेरी खेल कुनै कुराले राेकिएनन् बरू चुनाैति लाई साहास मा बदल्दै अगाडि बढ्नु महत्त्वपूर्ण कुरा हाे । जुन दिन नेपाली क्रिकेटले १ जना मात्र भए पनि हिरा पाउने छ त्याे दिन याे अभियान र यी दुई अभियान्ताकाे महत्त्वले सार्थकता पाउने छ ।

दुनियाले के भनिरहेका छन मतलव छैन भन्नेहरू त एकेडेमी र कलेजकाे प्रचार प्रसार गरेर हिडेकाकाे ठुलाे कुराे पनि भन्लान त्याे उनिहरूनै जानुन बस यी दुई भाइकाे एउटै लक्ष छ नेपालमै पहिलाे पटक गाउ गाउँमा गएर युवा खेलाडीकाे पहिचान गर्ने कार्यलाई सफल पार्नु, टिम नेक्ससले देखेकाे सपना लाई सफल पार्न तयार गरिएकाे कार्ययोजना कार्यन्वयन गर्नु । याे पबित्र कार्यका अगाडि नत नयाँ बर्षले महत्त्व राख्दछ नत कसैका क्रिया र प्रतिक्रियाले नत घाम नत पानी नत बिनाशकारी हावाहुरीले नै । जाग लम्क नाै जवान हाे धुनमा निरन्तर अघि बढ्नुछ । बढी रहेका छन ।

हामीले नगरे कस्ले गर्ने ? अाज नगरे कहिले गर्ने ? अाखीर कसै न कसैले शुरूवात त गर्नै छ । सरकार काे सहयाेगलाई कुरेर, क्यान छैन भन्दै राेएर अनि दाता छैनन भनेर खुम्चिएर हुदैन अब मनमा अठाेट लिएर, मुटुमा सपना सजाएर अनि काधमा जिम्मेवारी बाेक्दै हिडे प्रबल र सुनन्द ।

अब पर्खेर नबसाै हातमा हात काधमा काध मिलाएर बढाै । स्राेत र साधन जुटाउन लागाै देश हामीले बनाउने हाे जस्ले जुन क्षेत्रमा सक्छ याेगदान गराै ।

Post Your Comments

comments

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Advertisement
Advertisement

🇳🇵 Fixtures

ACC U19 Eastern Region
2019
Selangor Turf Club (STC) Cricket Oval

ACC U19 Eastern Region
2019
Kinrara Academy Oval

ACC U19 Eastern Region
2019
Bayuemas Oval

ICC World Cup Twenty20 Asia Qualifier
2019
Indian Association Ground

ICC World Cup Twenty20 Asia Qualifier
2019
Indian Association Ground

Advertisement

Subscribe to Blog via Email

Enter your email address to subscribe to this blog and receive notifications of new posts by email.

Join 8 other subscribers

Advertisement

More in Cricket Himalaya News