Connect with us

Cricket Himalaya News

ब्रम्हास्मी ट्यालेन्ट हन्टको प्रदेश नं. ६ र ७ मा छनौट सम्पन्न

२७ चैत्र, सुर्खेत ।

नेक्सस क्रिकेट एकेडेमीको आयोजना तथा ब्रम्हास्मी कलेज तीनकुने काठमाण्डौको मुख्य प्रायोजनमा सम्पन्न हुने एसईई कप २०७६ का लागि देशभर ट्यालेन्ट हन्ट आयोजना गरि खेलाडी हरु छनौट गर्ने कार्यक्रम अन्तरगत प्रदेश नं.७ र ६ मा प्रारम्भीक छनौट सम्पन्न भएको छ ।

प्रतिभावान युवा खेलाडी हरुको खोजिमा मेची महाकाली अभियानमा जुटेको टिम नेक्ससले प्रदेश नं. ७ को धनगढी, महेन्द्रनगर र प्रदेश नं. ६ को बिरेन्द्रनगर बाट २१ खेलाडी छनौट गरेको हो ।

धनगढी छनौट केन्द्र बाट अभिषेक कुवँर, गोबिन्द बिष्ट, डबल ऐर, हिमांशु भट्ट, बद्री भण्डारी, शुनिल भण्डारी, किशोर आचार्य, बिबेक न्यौपाने र ईन्द्र देउवा छनौट भएका छन भने महेन्द्रनगर छनौट केन्द्र बाट प्रशान्त कार्की, दिलिप धानुक, प्रेम बोहोरा, गौतम बडु, हरिश पन्त, रोबिन क्षेत्री, उमेश बुढा, धिरेन्द्र ठाकुर र महेन्द्र ठगुन्ना छनौट भएका छन ।

त्यसै गरि सुर्खेत छनौट केन्द्र बाट सुरज बुढाथोकी, मोहन गुरुङ र सुमित माझी छनौट भएका छन ।

हरेक छनौट केन्द्रमा स्थानिय संयोजक, प्रशिक्षक र नेक्सस क्रिकेट एकेडेमीका उपाध्यक्ष प्रबल गौतम सदस्य रहेको ३ सदस्यीय छनौट समितिले ट्यालेन्ट हन्ट बाट खेलाडी हरु छनौट गरेको हो ।

चैत्र २२ गते देखी शुरु भएको ब्रम्हास्मी ट्यालेन्ट हन्ट बैशाख १६ गते सम्म देश भरका १२ स्थान मा सम्पन् हुने छन ।

१२ छनौट केन्द्रबाट १०० खेलाडी छनौट गरि काठमाण्डौमा बैशाख १८ गते देखी २४ गते सम्म बन्द प्रशिक्षण शिबिर गरिनेछ ।

बन्द प्रशिक्षण बाट ४८ जना खेलाडी को अन्तिम छनौट गरिनेछ । ट्यालेन्ट हन्ट बाट छनौट भएका खेलाडी सम्लित ८ टिम को सहभागितामा एक दिबसीय एसईई प्रतियोगिता सम्पन्न गरिने आयोजक नेक्सस क्रिकेट एकेडेमी की प्रबन्धक सरस्वती शाहीले बताउनु भएको छ ।

ब्रम्हास्मी कलेजले ट्यालेन्ट हन्ट मा सहभागी सबै खेलाडी हरुलाई आंशिक तथा एसईई कपमा उत्कृष्ट प्रर्दशन गर्ने १४ खेलाडी लाई पुर्ण छात्र बृतीमा अध्ययन गराउने कुरा कलेजका एकेडेमीक डाईरेक्टर सुनन्द रेग्मीले जानकारी गराउनु भयो । अधिल्लो बर्ष पनि १२ खेलाडी हरु लाई निशुल्क प्रशिक्षण गराई रहेको छ ।

Post Your Comments

comments

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

🇳🇵 U16 🆚 🇲🇲 U16

Nepal U16 v Myanmar U16

April 20, 2019

🇳🇵 Fixtures

ICC World Cup Twenty20 Asia Qualifier
2019
Indian Association Ground

ICC World Cup Twenty20 Asia Qualifier
2019
Indian Association Ground

ICC World Cup Twenty20 Asia Qualifier
2019
Indian Association Ground

ICC World Cup Twenty20 Asia Qualifier
2019
Indian Association Ground

ACC U16 Eastern Region Cricket Tournament
2019
Prem Tinsulanonda International School

Advertisement
Advertisement

More in Cricket Himalaya News