Cricket Himalaya
Cricket News From Top of The World

सहिद कप टि२० क्रिकेट, जनकपुर : हसिम अन्सारिको उत्कृष्ट प्रदसन, युनाइटेड बिजयी

चैत्र १७, क्रिकेट हिमालय
जनकपुरमा जारी नेपाल आइस तेस्रो सहिद कप टि – ट्वान्टी क्रिकेट प्रतियोगितामा आज युनाइटेड क्रिकेट क्लब, बिरगंज बिजयी भएको छ !

लिग चरणको समाप्ती सङ्गै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ !

टस जितेर सुरुमा ब्याटिङ गरेको राजेस एकेडमि, पटनाले १९.४ ओभरमा अल आउट हुँदै ११९ रन बनाएको थियो ! उसका लागि शशी सेखर १५(१२), कुमार उत्कर्स १२(१०), स्लोक कुमार ४३(४७), सन्जिब कुमार १७(१५) रन बनाएका थिय !

युनाइटेड क्रिकेट क्लब, बिरगन्जका लागि हसिम अन्सारिले ३.४ ओभरमा १७ रन दिएर ५ विकेट लिएका थिए भने सैफुल्लाह अन्सारी २, सोहेल हवारी र सैदुल्लाह अन्सारिले समान १/१ विकेट लिएका थिए !

लक्ष पछ्याएको युनाइटेडले हसिम अन्सारी ३३, राजा सिंह ३१, सुरज पटेल २०, सैफुलाह अन्सारी २५* रनको सहयोगमा १८ ओभरमा ४ विकेट गुमाउदै १२१ रन बनाएपछि ६ विकेटले बिजयी भयो !

लिग चरणको समाप्ती सङ्गै सेमिफाइनल समीकरण पूरा भएको छ ! पुल एबाट जनकपुर क्रिकेट क्लब र राजपुताना रेजिमेन्ट, दर्भङ्गा, पुल बिबाट सोन्नेट क्रिकेट क्लब, कानपुर र युनाइटेड क्रिकेट क्लब सेमिफाइनल प्रबेस गरेका छन !