Cricket Himalaya
Cricket News From Top of The World

सन्दिप बिनाको दिल्ली पहिलो खेलमा मुम्बई बिरुद्ध सुरुमा ब्याटिङ गर्दै

चैत १०, क्रिकेट हिमालय | नारायण पाण्डे

दिल्ली क्यापिटल्स विरुद्ध मुम्बई इन्डियन्स : सन्दीप लामिछाने प्लेयर एघारमा परेनन् । भारतीय क्रिकेट बोर्डको आयोजनामा हिजोबाट सुरु भएको १२औं संस्करणको इन्डियन प्रिमियर लिगको तेस्रो खेल मुम्बई इन्डियन्सको घरेलु मैदान वानखेडे स्टेडियममा सुरु भएको छ । खेलमा दिल्ली क्यापिटल्स विरुद्ध मुम्बई इन्डियन्सले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ ।

उक्त खेलमा दिल्ली क्यापिटल्सको प्लेयर एघारमा नेपाली लेग स्पिनर बलर सन्दीप लामिछाने भने परेनन् । दिल्ली क्यापिटल्समा आवद्ध सन्दीपले अघिल्लो बर्ष १४ खेल मध्ये जम्मा ३ खेल मात्र खेल्न पाएका थिए । दिल्ली क्यापिटल्सको १२औं खेलमा रोयल च्यालेन्जर्स विरुद्धको खेल बाट आइपिएल डेव्लु गरेका लामिछानेले आफ्नो पहिलो खेलमै विकेट लिएका थिए, उनले ४ ओभर बलिङ गर्दै मात्र २५ रन खर्चिएर १ विकेट लिएका थिए । त्यस्तै लामिछानेले चेन्नाई सुपर किङ्स विरुद्धको खेलमा ४ ओभर बलिङ गर्दै २१ रन खर्चिए १ विकेट लिएका थिए भने मुम्बई इन्डियन विरुद्ध ४ ओभर ३६ रन खर्चिएर ३ विकेट लिएका थिए । सन्दीप लामिछाने चेन्नाई सुपर किङ्स विरुद्धको खेलमा स्टाइलिस प्लेयर समेत घोषित भएका थिए । ३ खेलमा १२ ओभर बलिङ गरेका सन्दीपले ८२ रन खर्चिएर ५ विकेट लिएका थिए । सुरुमा प्लेयर एघारमा नपरे पनि समग्रमा सन्दीप लामिछानेको लागि २०१८ को आइपिएल यात्रा सफल भयो, आशा गरौं २०१९ मा अझ उत्कृष्ट खेल्नेछन् ।

सन्दीप लामिछानेलाई अघिल्लो बर्ष दिल्ली क्यापिटल्सले २० लाख भारतीय रुपैयाँमा आफ्नो टिममा आवद्ध गरेको थियो, त्यस्तै अहिले पनि सन्दीप लामिछालाई पुरानै रकममा दिल्ली क्यापिटल्सले आफ्नो टिममा राखेको छ ।

आजको खेलको प्लेयर एघार :

Mumbai Indians : Rohit Sharma (c), Quinton de Kock (wk), Suryakumar Yadav, Krunal Pandya, Yuvraj Singh, Kieron Pollard, Hardik Pandya, Ben Cutting, Mitchell McClenaghan, Rasikh Salam, Jasprit Bumrah.

Delhi Capitals : Shikhar Dhawan, Prithvi Shaw, Shreyas Iyer (c), Rishabh Pant (wk), Colin Ingram, Keemo Paul, Axar Patel, Rahul Tewatia, Kagiso Rabada, Trent Boult, Ishant Sharma