Cricket Himalaya
Cricket News From Top of The World

एनसीएसएस रुपन्देही द्वारा उत्कृष्ट खेलाडी पुरस्कृत

चैत ९, क्रिकेट हिमालय । भैरहवा

नेपाली क्रिकेट समर्थक समाज (NCSS) रुपन्देहीले, रुपन्देहीको भैरहवा स्थित सिद्धार्थ रंगशालामा संचालित रुपन्देही सुपर लिगका उत्कृष्ट खेलाडी हरुलाइ नेपाली राष्ट्रिय क्रिकेट टिम जर्सी सहित पुरस्कृत गरेको छ । आज सम्पन्न फाइनल खेलमा लुम्बिनी खुकुरी क्रिकेट क्लबले शिब शक्ति क्रिकेट क्लबलाई ९ विकेटले हराउदै उपाधी जितेको हो । एनसीएसएस रुपन्देहीले, रुपन्देही सुपर लिगका उत्कृष्ट ब्याट्नम्यान तथा म्यान अफ दि सिरिज दुबै घोषित भएका शंकर राना, बेस्ट वलर बिक्रम सोब र म्यान अफ दि फाइनल साहब आलम लाई सम्मान गरेको हो ।

शंकर राना ले रुपन्देही सुपर लिगमा कुल ४ खेलमा ३२९ रन बनाएका थिए । पहिलो खेलमा १७१, दोस्रो खेलमा १३, तेस्रो खेलमा ९४ तथा फाइनल खेलमा ५१ रनको अविजित पारी खेलेका थिए ।

फाइनल खेलको म्यान अफ दि म्याच बनेका साहब आलमले १० ओभरमा ४ मेडेन राख्दै १४ रन खर्चंदै महत्त्वपूर्ण ५ विकेट हात पारे ।