Cricket Himalaya
Cricket News From Top of The World

रुपन्देही सुपर लिगको उपाधि लुम्बिनी खुकुरी क्रिकेट क्लबलाई

चैत ९, क्रिकेट हिमालय । भैरहवा

रुपन्देही सुपर लिगको उपाधी लुम्बिनी खुकुरी क्रिकेट क्लबले जितेको छ । आज सम्पन्न फाइनल खेलमा शिव शक्ति क्रिकेट क्लबलाई ९ विकेट हराउदै उपाधी जितेको छ ।

आज भएको फाइनल खेलमा टस जिति पहिला ब्याटिङ रोजेको शिव शक्ति ले ४६.२ ओभरमा सबै विकेट गुमाउदै ८९ रनमा समेटिएको थियो । शिव शक्तिको लागि हर्जित सिङ ४३, कृष्ण कार्की १५ तथा सिधान्त राज साहिले ११ रनको योगदान दिदा अन्य कुनै पनि ब्याट्म्यानले दोहोरो अन्क बनाउन सकेनन । लुम्बिनि खुकुरी क्रिकेट क्लबको लागि साहम आलमले १० ओभरमा ४ मेडेन राख्दा ११ रन खर्चंदै महत्त्वपूर्ण ५ विकेट लिए । यस्तै खुकुरीको लागि रमेश कुर्मिले ३ तथा अजय कुमार लुनिया र शंकर रानाले समान १/१ विकेट लिए ।

९० रनको बिजयी लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ सुरु गरेको लुम्बिनी खुकुरी १४.१ ओभरमा मात्रै १ विकेट गुमाउदै लक्ष्य पूरा गर्यो लुम्बिनी खुकुरीको लागि शंकर रानाले ३९ बलमा ५ चौका र ४ छ्क्काको मद्दतले ५१ तथा अन्तिम थापाले ४२ बलमा ४ चौका र १ छक्काको मद्दतले ३३ रनको अबिजित पारिको योगदान दिए । यो उपाधी सँगै लुम्बिनी खुकुरी क्रिकेट क्लबले ७५ हजार नगद ट्र्फी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपबिजेता शिव शक्ति क्रिकेट क्लबले नगद ३५ हजार ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

खेलको म्यान अफ दि म्याच साहब आलम घोषित भए ।

यस्तै प्रतियोगिताको उत्कृष्ट बिधा तर्फ बेस्ट ब्याट्म्यान र म्यान अफ दि सिरिज दुबै बिधामा शंकर राना उत्कृष्ट घोषित भए ।

यस्तै बेस्ट बलर बिक्रम सोब घोषित भए ।