Cricket Himalaya
Cricket News From Top of The World

कलेज क्रिकेट लिग (सिसिएल) को तयारी पूरा, राष्ट्रिय खेलाडीहरु पनि खेल्ने 

चैत्र ९, क्रिकेट हिमालय

युनिभर्सिटी क्रिकेट क्लबको आयोजनामा आइतबार देखी गोल्डेन गेट कलेज क्रिकेट लिग (सिसिएल) ट्वान्टी ट्वान्टी क्रिकेट प्रतियोगिता शुरु हुन गइरहेको छ । यसअघि पहिलो दुई संस्करण युनिभर्सिटी क्रिकेट कपको नामले आयोजना गरिएकोमा प्रतियोगिता नाम परिवर्तन गर्दै कलेज क्रिकेट लिगको नाम राखिएको हो । प्रतियोगिताको मुख्य प्रायोजक गोल्डेन गेट इन्टरनेशनल कलेज रहेको छ । प्रतियोगिता राष्ट्रिय क्रिकेटरहरुको लागि पनि खुला राखिएको छ ।

कुनै पनि कलेजले आफ्नो टोलीमा जति पनि राष्ट्रिय खेलाडी समावेश गर्न अनुमति दिइएको छ । युनिभर्सिटी क्रिकेट क्लबका अध्यक्ष सुमन राज कार्कीले कलेज तहबाटै स्तरीय खेलाडीहरु जन्माउन प्रतियोगिता कोसेढुँगा साबित हुने बताए । “कलेज स्तरमा राम्रो प्रतियोगिता नियमित रुपमा गरौं भनेर हामीले प्रतियोगितालाई निरन्तरता दिएका हौ । नेपालका अन्तर्राष्ट्रिय क्रिकेट खेलाडीहरुकै संलग्नता रहेकोले युवा खेलाडीहरुले यसबाट राम्रो अनुभव बटुल्न सक्नेछन् । यो प्रतियोगितालाई आगामी बर्षहरुमा अझै परिस्कृष्त गर्दै ब्यावसायिक रुपले आयोजना गराउने छौं,” कार्कीले भने । ८ दिने प्रतियोगिताका सबै खेलहरु किर्तिपुरस्थित त्रिभुवन बिश्व बिद्यालय क्रिकेट मैदानमा हुनेछ ।

१२ कलेजहरुको सहभागित रहेको प्रतियोगितामा बिजेताले २ लाख २२ हजार २ सय २२ र उपबिजेताले १ लाख ११ हजार १ सय ११ रुपैया पुरस्कार राशि प्राप्त गर्नेछन् । यस्तै म्यान अफ द सिसिजले रु २५ हजार र प्रतियोगिताको उत्कृष्ट ब्याट्स्म्यान र बलरले जनही रु १० हजार पुरस्कार प्राप्त गर्नेछन् । यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचले एक्सटेपको प्रोयाजनमा रु ५ हजार बराबरको जुत्ता प्राप्त गर्नेछन् ।
सहभागि कलेजहरुलाई चार समुहमा बिभाजन गरिएको छ र राउण्ड रोबिन लिगपछि प्रत्येक समुहको प्रथम स्थान ओगट्ने टोली सेमिफाइनल प्रवेश गर्नेछन् । दुवै सेमिफाइनल चैत्र १६ गते हुनेछ भने फाइनल चैत्र १७ गतेका लागि तय गरिएको छ ।

समुह “ए” मा : अर्चिड इन्टरनेशनल कलेज, कान्तिपुर सिटि कलेज (केसीसी) र ट्रिटन इन्टरनेशनल कलेज रहेका छन् ।

समुह “बि” मा : काठमाडौं युनिभर्सिटी, नेपाल बन कलेज र त्रि चन्द्र क्याम्पस रहेका छन् ।

समुह “सि” मा : नेपाल कमर्स क्याम्पस, हिमालय कलेज र शंकर देव क्याम्पस रहेका छन् ।

समुह “डि” मा : गोल्डेन गेट इन्टरनेशनल कलेज, त्रिभुव बिश्वबिद्यालय र ओमेगा इन्टरनेशनल कलेज रहेका छन् ।

प्रतियोगिताको अनुमानित लागत रु ३० लाख रहेको छ । आइतबार हुने उद्घाटन खेलमा बिहान ९ बजेदेखि अर्चिडले केसिसिको सामना गर्नेछ भने एक बजेदेखि हुने दोश्रो खेलमा काठमाडौं युनिभर्सिटीले नेपाल बन कलेजबिरुद्ध खेल्नेछ । प्रतियोगिताको उद्घाटन त्रिभुवन बिश्वबिद्यालयका उपकुलपति तिर्थ खनियाले गर्नेछन् । नेपाल कमर्स क्याम्पस र त्रिभुवन बिश्वबिद्यालयले प्रतियोगिताको पहिलो दुई संस्करण जितेका थिए ।