Cricket Himalaya
Cricket News From Top of The World

रुपन्देही सुपर लिगको उपाधीको लागि लुम्बिनी खुकुरी र शिव शक्ती भिड्ने

चैत ८, क्रिकेट हिमालय । भैरहवा

रुपन्देहीको भैरहवा सिद्धार्थ रंगशालामा जारी रुपन्देही सुपर लिगको फाइनलमा शिव शक्ती र लुम्बिनी खुकुरी क्रिकेट क्लब भिड्ने भएका छन । आज सम्पन्न दोस्रो सेमिफाइनल खेलमा देवदह क्रिकेट युनिटिलाई ५ विकेटले हराउदै शिव शक्ती फाइनल प्रवेश गरेको छ । यसअघी पहिलो सेमिफाइनल खेलमा वेस्टर्न लाई हराउदै लुम्बिनी खुकुरी क्रिकेट क्लब फाइनल पुगेको थियो । फाइनल खेल भोली हुनेछ ।

आज भएको दोस्रो सेमिफाइनल खेलमा टस जिती पहिला ब्याटिङ गरेको देवदह क्रिकेट युनिटिले ५० ओभरमा ७ विकेट गुमाउदै १८५ रन बनाएको थियो । देवदहको लागि प्रेम श्रेष्ठ ४६, बिनित कार्की ३०, कृतिमान ढकाल २२, खोम पान्डे १७ सुरज दराई १६ तथा अर्जुन रायमाझीले ११ रनको योगदान दिए । शिव शक्तीको लागि कृष्ण पराजुली र अक्तर हुसेनले २/२ तथा सिद्धान्त राज साही हरजित सिङ र बिष्णु कट्टरियाले समान १/१ विकेट हात पारे । १८६ रनको बिजयी लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको शिव शक्ती ले ३६.३ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पूरा गर्यो । शिव शक्तीको जितमा कृष्ण कार्की र मनोज सुनारले क्रमश ६० र ४५ रनको अबिजित पारी खेले । यस्तै सिधाान्त राज साहीले २४ तथा सुबास कार्किले १३ रनको योगदान दिए । खेलको म्यान अफ दि म्याच शिव शक्ती क्रिकेट क्लबका कृष्ण कार्की (६०(७६)) घोषित भए ।