Cricket Himalaya
Cricket News From Top of The World

मेहबुब आलम पेट्रीयोटिक क्रिकेट ट्रेनिङ सेन्टरको प्रशिक्षक नियुक्त

फाईल फोटो ।

चैत्र ७, क्रिकेट हिमालय

नेपाली राष्ट्रिय खेलाडी मेहबुब आलमले झापा स्थित दमकमा निर्माण भैरहेको पेट्रीयोटिक क्रिकेट ट्रेनिङ सेन्टर मा कोचको भुमिका निभाउने भएका छन । करिब २२ लाखको लगानीमा बन्दै गरेको सुबिधा सम्पन्न क्रिकेट ट्रेनिङ सेन्टरमा चर्चित खेलाडी मेहबुब आलमले प्रशिक्षण दिनेछन ।

मेहबुब आलम भन्छन – “पुर्व क्षेत्रको समग्र क्रिकेटको बिकासमा आफू पनि योगदान दिम भन्ने सोचले मैले यो एकेडेमीमा आवद्ध हुन लागेको हुँ । आफुले जानेको, सिकेको कुरा अन्य क्रिकेटरलाई सिकाएर उनीहरुलाई एक उच्च स्थानमा पुर्याउन सक्छु भन्ने मलाई बिश्वास छ । मलाई बिश्वास गरेर प्रशिक्षकको भुमिका दिनुभएकोमा पेट्रीयोटिक क्रिकेट ट्रेनिङ सेन्टर लाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ।”

२०७५/१२/०५ मा निर्माण कार्य सुरु भएको बहु सुबिधा सम्पन्न पेट्रीयोटिक क्रिकेट ट्रेनिङ सेन्टर २०७६/०१/१५ सम्म निर्माण भैसक्ने रोशन धितालले जानकारी दिएका छन । सुरु भएको एक महिना भित्र निर्माण सम्पन्न गर्ने लक्ष लिईएको ट्रेनिङ्ग सेन्टरमा होस्टेल, जिम हल, मल्टिमिडिया क्लासको समेत ब्यवस्था हुनेछ । टर्फ विकेट सहित चार प्राक्टिस पिच रहने ट्रेनिङ्ग सेन्टरको निर्माणले पुर्ब छेत्रमा सुस्तायको क्रिकेट गतिबिधिलाई उकास्ने बिश्वास लिईएको छ ।