Cricket Himalaya
Cricket News From Top of The World

रुपन्देही सुपर लिग : लुम्बिनी खुकुरी क्रिकेट क्लब फाइनलमा प्रवेश

चैत ६, क्रिकेट हिमालय । भैरहवा

लुम्बिनी खुकुरी क्रिकेट क्लब रुपन्देही सुपर लिगको फाइनलमा प्रबेश गरेको छ । आज सम्पन्न पहिलो सेमिफाइनलमा वेस्टर्न क्रिकेट क्लबलाई ४३ रनले पराजित गर्दै खुकुरी क्लब फाइनलमा प्रवेश गरेको हो ।

टस जिति पहिला ब्याटिङ गरेको लुम्बिनी खुकुरी क्लबले ४२.२ ओभरमा सबै विकेट गुमाउदै २०३ रन बनाएको थियो । सुरुवाती १२ रनमै महत्त्वपूर्ण ४ विकेट गुमाएर खराबी सुरुवात गरेको खुकुरीको ब्याटिङमा शंकर राना सन्दिप रजालीले क्रमश ९४ र ३५ रन बनाउदै राम्रो लक्ष्य तिर अघि बढाए । शंकर रानाले ९ चौका र १ छक्काको मद्दत ले ९४ रन बनाउदा शतक पुग्न मात्रै ६ रनले चुके । यस्तै साहब आलमले ४४ तथा सन्दिप रजालीले ३५ रनको योगदान दिए । वेस्टर्न क्रिकेट क्लबको बलिङ तर्फबाट बिक्रम सोबले ४ तथा प्रदिप कुमार, अबिसेक गौतम र बिक्रम भुसाल तिनै जनाले समान २/२ विकेट लिए ।

२०४ रनको बिजयी लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको वेस्टर्न क्रिकेट क्लब ४८.५ ओभरमा सबै विकेट गुमाउदै १६० रनमा समेटिएको थियो । वेस्टर्नको लागि निर्मल थापा ३४, बिष्णु पान्डे ३१, महेश राना २७ भुवन पान्डे १४, राहुल कुमार १२ तथा बिक्रम सोबले ११ रनको योगदान दिए । लुम्बिनी खुकुरी क्लबको बलिङ तर्फबाट रमेश कुर्मी, साहब आलम, शंकर राना तथा अजय कुमार लुनियाले सामान २/२ विकेट हात पारे । खेलको म्यान अफ दि म्याच लुम्बिनी खुकुरी क्रिकेट क्लबका शंकर राना (९४(८९) ३.५-०-१४-२) घोषित भए ।

अब दोस्रो सेमिफाइनल खेल देवदह क्रिकेट युनिटी र शिब शक्ती क्रिकेट बिच चैत ८ गते हुनेछ ।