Cricket Himalaya
Cricket News From Top of The World

टि-२० बिश्वकप एसियाली फाइनल छनोट : श्रावण ५ देखी सिङ्गापुरमा हुने

चैत ६, क्रिकेट हिमालय | नारायण पाण्डे

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसिसी)ले आगामी टि-ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको लागि एसिया क्षेत्रीय फाइनल छनोटको खेल तालिका सार्वजनिक गरेको छ । आगामी जुलाई २१ देखी २८ (श्रावण ५-१२) सम्म सिङ्गापुरमा हुने प्रतियोगितामा नेपाल सहित सिङ्गापुर, मलेसिया, कतारकुवेत सहभागी हुनेछन् ।

यस अगाडी युएई पनि प्रतियोगिताको लागि छनोट भएको भए पनि युएई ग्लोबल छनोटको आयोजक भएकोले युएई सिधै ग्लोबल छनोटमा प्रवेश गरेको छ । प्रतियोगितामा नेपालले २३ जुलाईमा कतार, २४ जुलाईमा मलेसिया, २७ जुलाईमा कुवेत र २८ जुलाईमा सिङ्गापुर सँग खेल्नेछ । प्रतियोगिताका सम्पुर्ण खेल इन्डियन एसोसिएसन क्रिकेट मैदानमा हुनेछन् । नेपालले खेल्ने सबै खेल स्थानीय समय अनुसार १० बजेबाट सुरु हुनेछन् ।

प्रतियोगिताका टप १ टिम युएईमा हुने ग्लोबल छनोटको लागि छनोट हुनेछन् । ग्लोबल छनोटबाट उत्कृष्ट ६ टिमले विश्वकपमा स्थान बनाउने छन् ।