Cricket Himalaya
Cricket News From Top of The World

रुपन्देही सुपर लिग : शिव शक्तिको बिजयी सँगै सुपर लिगको सेमिफाइनल समीकरण पूरा

चैत ५, क्रिकेट हिमालय । भैरहवा

रुपन्देही सुपर लिगको समूह चरण अन्तिम खेलमा शिव शक्तिको बिजयी सँगै सुपर लिगको सेमिफाइनल समीकरण पूरा भएको छ । अब सुपर लिगको पहिलो सेमिफाइनलमा वेस्टर्न क्रिकेट क्लब र लुम्बिनी खुकुरी क्रिकेट क्लब तथा दोस्रो सेमिफाइनलमा देवदह क्रिकेट युनिटी र शिव शक्ति क्रिकेट क्लब बिच हुनेछ ।

आज सम्पन्न खेलमा स्टार क्रिकेट क्लबलाई ८ विकेटले हराउदै शिव शक्ति सेमिफाइनल प्रवेश गरेको छ । टस हारी पहिला फिल्डिङ गरेको स्टार क्रिकेट क्लबले २६.१ ओभरमा सबै विकेट गुमाउदै ५० रनमा समेटिएको थियो । स्टारको लागि शक्ति गौचनले ३० रन बाहेक अन्य कुनै पनि ब्याट्स्म्यानले दोहोरो अन्क बनाउन सकेनन । स्टार क्रिकेट क्लबका ६ जना ब्याट्याम्यान शून्य रनमा आउट भएका थिए । स्टारको पारी ध्व्स्त बनाउने क्रममा शिव शक्ति को लागि कृष्ण कार्की र बिष्णु कट्टरियाले समान ४/४ विकेट लिए । यस्तै कृष्ण पराजुली र अक्तर हुसेन ले १/१ विकेट हात पारे ।

५१ रनको बिजयी लक्ष्य पच्याउदै जवाफी ब्याटिङ गरेको शिव शक्तिले ११.२ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पूरा गर्यो । शिव शक्तिको लागि सिद्धांत राज साहि १३, रोशन चौधरी १० र कृष्ण कार्की ९ रनमा अबिजित रहे । स्टारको लागि नरेश कुमार सार्की र रुपेस बास्तोला ले समान १/१ विकेट लिए । खेलको म्यान अफ दि म्याच शिव शक्तिका कृष्ण कार्की (१०-२-१३-४) घोषित भए ।