Cricket Himalaya
Cricket News From Top of The World

रुपन्देही सुपर लिग : देवदह क्रिकेट युनिटी सेमिफाइनल प्रवेश, अर्जुन रायमाझी उत्कृष्ट

चैत ३, क्रिकेट हिमालय । भैरहवा

क्रिकेट एसोसिएसन अफ रुपन्देहीको आयोजनामा सिद्धार्थ रंगशालामा जारी रुपन्देही सुपर लिगको आजको खेलमा देवदह क्रिकेट युनिटी बिजयी भएको छ । यो बिजयी सँगै देवदह क्रिकेट युनिटी सुपर लिगको सेमिफाइनल प्रवेश गरेको छ । आज भएको आफ्नो दोस्रो खेलमा तिरुपती क्रिकेट क्लब लाई ३३ रनले पराजित गरेको छ ।

ट्स हारी पहिला ब्याटिङ गरेको देवदह क्रिकेट युनिटिले २५.५ ओभरमा सबै विकेट गुमाउदै १२२ रन बनाएको थियो । देवदहको लागि अर्जुन रायमाझी ले ७४ बलमा ५ चौका र १ छक्काको मद्दतले ४५ रनको उत्कृष्ट पारी खेले । यस्तै प्रेम श्रेष्ठ १७ तथा खोम पान्डेले ११ रनको योगदान दिए । तिरुपतिको लागि देव खनालले ५ तथा सरद राय र केसब पौडेलले समान २/२ विकेट हात पारे ।

१२३ रनको बिजयी लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको तिरुपतिले २८.५ओभरमा सबै विकेट गुमाउदै ८९ रनमा समेटिएको थियो । तिरुपतिको लागि देव खनालले १९ तथा विशाल पौडेलले १७ रनको योगदान दिए । देवदह क्रिकेट युनिटिको लागि अर्जुन रायमाझी र सुरज् खड्काले समान ३/३, बिकाश श्रेष्ठले २ तथा कृतिमान ढकाल र प्रेम श्रेष्ठले समान १/१ विकेट हात पारे । खेलको म्यान अफ दि म्याच देवदह क्रिकेट युनिटिका अर्जुन रायमाझी (४५* (७४), २-०-२-३) घोषित भए ।

यो जित सँगै देवदह क्रिकेट युनिटि रुपन्देही सुपर लिगको सेमिफाइनलमा प्रबेश गरेको छ । रुपन्देही सुपर लिग अन्तर्गत भोलिका खेलहरुमा साइ ग्लोबल क्रिकेट क्लब र न्यु होराइनजन क्रिकेट क्लब बिच हुनेछ ।