Cricket Himalaya
Cricket News From Top of The World

रुपन्देही सुपर लिग : लुम्बिनी खुकुरी क्लब बिजयी, साहब आलमको उत्कृष्ट पारि

चैत २, क्रिकेट हिमालय । भैरहवा

क्रिकेट एसोसिएसन अफ रुपन्देहीको आयोजना सुरु भएको रुपन्देही सुपर लिगको आजको खेलमा लुम्बिनी खुकुरी क्रिकेट क्लब बिजयी भएको छ । आज भएको आफ्नो दोस्रो खेलमा बुटवल ११ लाई १६६ रनले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ । ट्स हारी पहिला ब्याटिङ गरेको लुम्बिनी खुकुरी क्रिकेट क्लबले ५० ओभरमा ८ विकेट गुमाउदै २५९ रन बनाएको थियो । खुकुरी क्रिकेट क्लबको लागि साहब आलमले ५८ बलमा ५ चौकाको मद्दतले अविजित ६२ रनको योगदान दिए । यस्तै धिरज साही ३१, सन्दिप रजाली ३०, अन्तिम थापा २५ तथा लालबहादुर अधिकारिले २३ रनको योगदान दिए । बुटवल ११ को लागि सुनिल नेपाली र प्रकाश् केसीले समान २/२ तथा देबेन्द्र सोमारे, सुधन श्रेष्ठ, कृष्ण सेन र तौसिफ आलमले १/१ विकेट हात पारे ।

१६० रनको बिजयी लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको बुटवल ११ २८.४ ओभरमा सबै विकेट गुमाउदै ९३ रनमा समेटिएको थियो । बुटवल ११ को लागि कृष्ण सेनले २६, हिमाल पुन २३ तथा बिबेक सर्माले १४ रनको योगदान दिए । खुकुरी क्रिकेट क्लबको लागि लाल बहादुर अधिकारी ४ अजय कुमार लुनिया ३ तथा धिरज साही, रमेश कुर्मी र साहब आलमले समान १/१ विकेट लिए । खेलको म्यान अफ दि म्याच लुम्बिनी खुकुरी क्रिकेट क्लबका साहब आलम (६२* (५८), ४.४-१-१४-१) घोषित भए ।

यो सँगै रुपन्देही सुपर लिगको पहिको सेमिफाइनल पूरा भएको छ । अब पहिलो सेमिफाइनल खेलमा वेस्टर्न क्रिकेट क्लब र लुम्बिनी खुकुरी क्रिकेट क्लब बिच हुनेछ । रुपन्देही सुपर लिग अन्तर्गत भोलिका खेलहरुमा देवदह क्रिकेट युनिटी र तिरुपती क्रिकेट क्लब बिच हुनेछ ।