Cricket Himalaya
Cricket News From Top of The World

रुपन्देही सुपर लिग : सौरभ खनाल चम्किदा शंकरनगर क्रिकेट क्लब बिजयी

चैत १, क्रिकेट हिमालय । भैरहवा

क्रिकेट एसोसिएसन अफ रुपन्देहीको आयोजना सुरु भएको रुपन्देही सुपर लिगको आजको खेलमा शंकरनगर क्रिकेट क्लब बिजयी भएको छ । आज भएको आफ्नो दोस्रो खेलमा स्टार क्रिकेट क्लबलाई ८ विकेटले पराजित गर्दै बिजयी भएको हो । ट्स जिति पहिला ब्याटिङ गरेको स्टार क्रिकेट क्लबले ४८ ओभरमा सबै विकेट गुमाउदै १३९ रन बनाएको थियो । स्टार क्रिकेट क्लबको लागि शक्ति गौचनले सर्वाधिक ३१, अनिल खत्रीले २९ र रुपेश बस्यालले ११ रनको योगदान दिए । शंकरनगर क्रिकेट क्लबको लागि सन्दिप सुनार, तुलबहादुर थापा, नितेश थापा र नवीन भट्टराईले समान २/२ तथा रोबिन क्षेत्रीले १ विकेट लिए ।

१४० रनको विशाल बिजयी लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको शंकरनगर क्रिकेट क्लबले सौरभ खनालको उत्कृष्ट पारिमा ३०.३ ओभरमा मात्रै २ विकेट गुमाउदै लक्ष्य पूरा गर्यो । शंकरनगर क्रिकेट क्लबको लागि सौरभ खनालले ६८ बलमा ५ छक्का र ६ चौकाको मद्दतले ६९ रनको अबिजित पारि खेल्दा नरेश चन्द ठकुरी पनि २५ रनमा अविजित रहे । यस्तै, सन्दिप सुनारले २६ रनको योगदान दिए । स्टार क्रिकेट क्लबको लागि एक मात्रै सफल बलर बाबुराम क्षेत्रीले २ विकेट हात पारे । खेलको म्यान अफ दि म्याच शंकरनगर क्रिकेट क्लबका सौरभ खनाल ६९* (६८) घोषित भए ।

रुपन्देही सुपर लिग अन्तर्गत भोलीका खेलहरुमा लुम्बिनी खुकुरी क्लब र बुटवल ११ क्रिकेट क्लब बिच हुनेछ ।