Connect with us

Cricket Himalaya News

ऐतिहासिक त्यो दिन

ऐतिहासिक त्यो दिन

  • क्रिकेट हिमालय

नेपाली क्रिकेटले अहिले सम्मको ठूलो उपलब्धि १ बर्ष अघि आजकै दिनमा हात पारेको थियो । जुन उपलब्धिको प्रतीक्षा ७ नेपाली कप्तान र ३ करोड नेपालीहरुलाई बर्षै देखी थियो । नेपाली क्रिकेटले एकदिवसीय मान्यता पाएको त्यो ऐतिहासिक दिनले सारा नेपालीहरु मुहारको खुशी र आखामा खुशीका आँसु ल्याएको थियो ।

Pic : @ ICC

सन २०१८ मार्च १५ को दिन जिम्बाबेमा बिश्व छनोट खेल अन्तर्गत प्ले अफको लागि नेपालले पिएनजी र नेदरल्यान्डले हङकङ संग प्रतिस्पर्धा गरिरहेको थियो । प्रत्यक्ष प्रसारण नहुदा तमाम नेपाली क्रिकेट समर्थक हरु मोबाइलमा चार्ज १००% बनाएर espncricinfo cricbuzz तर्फ लागिरहेका थियौ ।

एकदिवसीय मान्यता पाउनको लागि नेपालले पपुवा न्युगिनि (पिएनजी) लाई र नेदरल्यान्डले हङकङलाई हराउनु पर्ने थियो । इतिहास रच्ने साहस सहित खेलाडीहरु मैदान उत्रिदा समर्थकहरु लाइभ स्कोर अपडेटको लागि क्रिकईन्फो र क्रिकबज तिर लाग्यौ । पिएनजीलाई झिनो योगफलमा रोक्ने पूरा आत्मविश्वास सहित नेपाली टोलीले टस जितेर पिएनजी विरुद्ध फिल्डिङ रोज्दा समर्थकहरुमा बेग्लै उत्साह थियो ।

Pic : @ ICC

टस हारेर ब्याटिङ गर्न मैदान आएको पिएनजीले नेपाली बलरको सामना गर्न नसक्दा २७.२ ओभरमा ११४ रन बनाउदा अल आउट हुन पुग्यो । सन्दिप लामिछानेले ८ ओभर बलिङ गरेर ४ विकेट चट्काउदा दिपेन्द्र ऐरिले ४.२ ओभर बलिङ गर्दै ४ विकेट लिए । तीब्र गतिमा बलिङ गर्दै सोमपाल कामी र करण केसिले १/१ विकेट दिलाए ।

११५ रनको विजयी लक्ष्य लिएर मैदान उत्रेको नेपाल टोलिको फेरि पनि ओप्निङमा समस्या देखियो । ओप्निङमा आएका ग्यानेन्द्र मल्ल र अनिल शाहले ब्यक्तिगत क्रमशः १ र ९ रन जोड्दै पेभेलियन तर्फ लागे । दिपेन्द्र ऐरिको नट आउट ५० रनको पारीमा पारस खड्काले २० रन र आरिफ शेखले २६ रन जोडे । दिपेन्द्र ऐरि र रोहित पौडेलले नेपाल बिजय तर्फ लैजादै गर्दा २२.६ ओभरमा दिपेन्द्र ऐरिले छक्का प्रहार गर्दै नेपाललाई ६ विकेटको जित दिलाए ।

Pic : @ ICC

त्यस दिन नेपाली क्रिकेट खेलाडी र समर्थकहरु लाई फुर्सद थिएन । नेपाल र पिएनजी को खेल सकिए लगत्तै समर्थकहरु नेदरल्यान्ड विरुद्ध हङकङको खेलको स्कोर हेर्न लाग्यौ । ब्यक्तिगत प्रदर्शन कमजोर गर्ने र अरुको खेलको आधारमा नतिजा कुर्नु पर्ने नेपालको पुरानो बानीले गर्दा खेलाडीहरु ड्रेसिङ रुममा नेदरल्यान्डको जित पर्ख्दै थिए भने समर्थकहरु क्रिकईन्फो रिफ्रेस गर्दै जितको कामना गर्दै थियौ । हरेको मनले भनिरहेको थियो हे पशुपति नाथ नेदरल्यान्डलाई जिताइदेउ ।

टस जितेर नेदरल्यान्डले हङकङलाई १७५ रनको टार्गेट दिईसकेको थियो । नेपालले जित हात पारेर नेदरल्यान्ड र हङकङको स्कोर हेर्दा हङकङले २५ ओभरमा ३ विकेट गुमाउदै ७४ रन बनाईसकेको थियो । खेल दुबैको पक्षमा बराबरी थियो । हङकङका बाबर हयात क्रिजमा थिए । सबै नेपाली समर्थकहरु हङकङको विकेटको प्रतीक्षामा बसेर क्रिकईन्फो घिसार्दै थियौ । ४३ ओभरमा हङकङले १३० रन बनाउदा अल आउट हुदै नेदरल्यान्ड ४४ रनले विजयी भयो । खेल त नेदरल्यान्डले जितेको थियो तर खुशी सारा नेपाली थिए । त्यही नेदरल्यान्डको जितले गर्दा नेपालले एकदिवसीय मान्यता पायो ।

नेदरल्यान्डको जित पछि सारा नेपाली समर्थकहरुको मन र मुहारमा जितको खुशि थियो । हरेकको आँखा बाट खुशीको आसुहरु बगिरहेको थियो । सामाजिक संजाल भरी जितको खुशी थिए । आइसिसी लाई पनि उस्तै हतार थियो नेपालको जितको खुशी बाड्न । त्यो ऐतिहासिक दिनले नेपाल लाई फेरि पनि एकपटक बिश्व सामु चिनाएको थियो ।

नेपाल, नेपाल, …… भन्दै सबै नेपालीहरु गर्वको साथ भनिरहेका थिए । कतिपय ठाउँमा समर्थकहरु जितको खुशी मनाउदै दिप प्रज्वलन समेत गरेका थिए ।

Post Your Comments

comments

आजको खेल :

Prime Minister Cup
2019
Mulpani Cricket Stadium

Prime Minister Cup
2019
Tribhuvan University International Cricket Ground

🇳🇵 Fixtures

Prime Minister Cup
2019
Mulpani Cricket Stadium

Prime Minister Cup
2019
Tribhuvan University International Cricket Ground

Prime Minister Cup
2019
Tribhuvan University International Cricket Ground

Prime Minister Cup
2019
Mulpani Cricket Stadium

ICC World Cup Twenty20 Asia Qualifier
2019
Indian Association Ground

Advertisement

More in Cricket Himalaya News