Connect with us

Cricket Himalaya News

नेपाली क्रिकेट : एकदिवसीय मान्यताका एक बर्ष

नारायण पाण्डे / चैत १

नेपाली राष्ट्रिय क्रीकेट टिमले अघिल्लो बर्ष आजकै दिन पहिलो पटक एकदिवसीय मान्यता प्राप्त गरेको थियो। जिम्बाबेमा भएको आइसिसी एकदिवसीय विश्वकप क्रीकेट छनोट प्रतियोगितामा पपुवा न्यु गिनिलाई ६ विकेटले हराउदै नेपालले सन् २०२२ सम्मको लागि अस्थायी एकदिवसीय मान्यता प्राप्त गरेको थियो त्यस्तै एकदिवसीय मान्यता प्राप्त हरेक टिमले टि-ट्वान्टी अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्ने तत्कालको नियम अनुसार सोहि समयमा नेपालले दोस्रो पटक अस्थायी अन्तर्राष्ट्रिय टि-ट्वान्टी मान्यता प्राप्त गर्यो तर पछी आइसिसिका हरेक सदस्य देशले स्वत टि-ट्वान्टी अन्तर्राष्ट्रिय मान्यता पाउने भएसंगै अहिले नेपाल सहित सबै रास्ट्रले अन्तर्राष्ट्रिय टि-ट्वान्टि मान्यता पाएका छन्।

कसरी प्राप्त गरेको थियो त नेपालले एकदिवसीय मान्यता

– नेपालले सन् २००८ देखि विश्व क्रीकेट लिग खेल्न सुरु गर्‍यो। त्यही क्रममा डिभिजन पाँच बाट चार, तीन हुदै सन् २०१४ मा पहिलो पटक नेपालले विश्व कप छनोट खेल्ने मौका पायो, उक्त प्रतियोगिताबाट भने विश्वकपमा छनोट त के हुनु एकदिवसीय मान्यता समेत पाउन सकेन, प्रतियोगिताको ९औं हुदै फेरि डिभिजन तिनमा झर्यो। त्यसपछि नेपालले डिभिजन तिन, दुई खेल्दै विश्व क्रीकेट लिग च्याम्पियनसिप (डिभिजन एक) मा स्थान बनायो। उक्त प्रतियोगितामा पनि नेपालको निराशाजनक नतिजा आयो, अन्ततः नेपालले पुनः डिभिजन दुई खेल्नुपर्ने भयो।

एकदिवसीय मान्यता प्राप्त गर्न उक्त डिभिजन दुईको टप २ मा पर्नु बाहेक कुनै विकल्प थिएन। सन् २०१८ को फेब्रुअरीमा नामिबियामा भएको उक्त डिभिजन दुई निकै प्रतिस्पर्धात्मक र रोचक भयो।

६ रास्ट्र सहभागी प्रतियोगितामा टप २ मा पर्नु थियो, नेपालले नामिबिया, केन्या, युएईलाई हरायो तर ओमान संग हार्यो नेपालको अन्तिम बाकी खेल क्यानडा संग थियो, टप २ मा पुग्न नेपाललाई जित्नुको विकल्प थिएन त्यसैमा क्यानडा पनि कमजोर थिएन। उक्त खेलमा टस जितेर फिल्डिङ गरेको नेपालले क्यानडाबाट ५० ओभरमा १९५ रनको लक्ष्य प्राप्त गर्यो, उक्त लक्ष्य भेट्याउन नेपाललाई हम्मे हम्मे परेको थियो तर जित निकै महत्त्वपूर्ण थियो, हरेक नेपालीको मुटुको गति बढेको थियो। नेपाललाई ४७ बलमा ५१ रन आवश्यक थियो तर विकेट जम्मा एउटा मात्र बाकी थियो। कृजमा थिए करण के.सि र सन्दीप लामिछाने, त्यो समयमा विकेट बचाउन सक्नु नै जित थियो, निकै प्रतिस्पर्धा र रोमाञ्चक रूपमा विकेट बचाएर खेले, अन्ततः करण के.सिको उत्कृष्ट इनिङ (३१ बलमा ४२ रन) मा नेपालले क्यानडालाई हरायो। क्यानडालाई हराउन करणलाई सन्दीपले अन्तिम सम्म साथ दिए, उक्त जितले नेपाललाई डिभिजन दुईको फाइनलमा पुर्यायो। टप २ (फाइनल) मा पुगेपछि विश्वकप छनोटको लागि जिम्बाबे यात्रा निश्चित भइसकेको थियो नै, फाइनलमा भने युएई संग नेपाल पराजित भयो।

जिम्बाबेमा भएको विश्वकप छनोट प्रतियोगिताबाट टप २ टिम विश्वकपमा छनोट हुन्थे, त्यस्तै टप ३ एसोसिएसन रास्ट्रले सन् २०२२ सम्मको लागि एकदिवसीय मान्यता प्राप्त गर्थे। नेपाल समूह ‘बि’ मा थियो विश्वकपमा छनोट हुन पहिले त समुहको टप ३ मा पर्नुपर्ने थियो तर नेपाल समुहको चौथो हुदै विश्वकप छनोटको मौका त गुमायो तर अब अर्को मौका थियो एकदिवसीय मान्यता, टप ३ एसोसिएसन रास्ट्रले प्राप्त गर्थे एकदिवसीय मान्यता, यसमा स्कटल्याण्ड र युएईले एकदिवसीय मान्यता प्राप्त गरे अब एउटा कोटामात्र खाली थियो। एउटा कोटाको लागि ३ रास्ट्र प्रतिस्पर्धामा थिए,ती हुन नेपाल हङकङ र पपुवा न्यु गिनि। त्यसैमा नेदरल्यान्डसले हङकङलाई हरायो हङकङ साइट लाग्यो। प्रतिस्पर्धामा नेपाल र पपुवा न्यु गिनि रहे, अन्ततः दिपेन्द्र सिंह ऐरीको उत्कृष्ट प्रदर्शन (४.२ ओभरमा १४ रन ४ विकेट, ५८ बलमा ५० रन नट आउट) मा नेपालले पपुवा न्यु गिनिलाई सहजै ६ विकेटले हरायो र पहिलो पटक अस्थायी एकदिवसीय मान्यता प्राप्त गर्यो। कतै ठक्कर खादै त कतै सफलता पाउदै अन्ततः नेपालले एकदिवसीय मान्यता प्राप्त गर्यो। तत्कालीन समयमा नेपाली क्रीकेट अभिभावक विहिन थियो।

एकदिवसीय खेलमा नेपालको प्रदर्शन

– सन २०१८ मार्च १५ मा एकदिवसीय मान्यता प्राप्त गरेपनि नेपालले अगस्टमा एकदिवसीय खेलमा डेब्लु गर्यो।

नेपालले एकदिवसीय मान्यता प्राप्त गरेको १ बर्षमा जम्मा ६ वटा एकदिवसीय खेल खेल्यो जसमध्ये ३/३ खेलमा जित/हार ब्योहोर्यो।

नेपालले सन् २०१८ को अगस्ट १ र ३ मा नेदरल्यान्डससंग नेदरल्यान्डसमा २ खेलको पहिलो एकदिवसीय सिरिज खेल्यो, उक्त सिरिज १ – १ को बराबरि भयो।

त्यस्तै सन् २०१९ को जनवरी २५ देखि फेब्रुअरी ३ सम्म युएईसंग युएईमा ३ खेलको सिरिज खेल्यो, उक्त सिरिज नेपालले २ – १ ले जित्दै पहिलो एकदिवसीय सिरिजको उपाधी जित्न सफल भयो त्यस्तै नेपालले एसिसी एसिया कप छनोट प्रतियोगितामा सन् २०१८ अगस्ट ३० मा युएईसंग खेलेको खेल पनि एकदिवसीय मान्यता प्राप्त हो। उक्त खेल नेपालले ७८ रनले हारेको थियो।त्यस्तै आइसिसिको एकदिवसीय श्रेणीमा नेपाल १५औं स्थानमा छ।

नतिजा तथा प्रदर्शन संक्षिप्तमा :

खेल संख्या : ६ खेल
जित : ३ खेल
हार : ३ खेल
सिरिज संख्या : २ सिरिज
जित : १ सिरिज
बराबर : १ सिरिज
टिमको उच्च स्कोर : २५५ रन
टिमको कम स्कोर : ११३ रन
उच्च स्कोर : पारस खड्का (६ खेल २३५ रन)
एउटा इनिङको उक्त स्कोर : पारस खड्का (१०९ बलमा ११५ रन)
पहिलो शतक : पारस खड्का
पहिलो अर्धशतक : ज्ञानेन्द्र मल्ल
उच्च छक्का : सोमपाल कामी (५ छक्का)
उच्च चौका : पारस खड्का (२९ चौका)
उच्च विकेट : सन्दीप लामिछाने (६ खेलमा १५ विकेट)
एकै इनिङमा ४ विकेट : सन्दीप लामिछाने (२ पटक)
एकै इनिङमा ५ विकेट : सोमपाल कामी (१ पटक)

एक बर्षमा १९ जना नेपाली क्रीकेटरले एकदिवसीय डेब्लु गरेका छन्। ती खेलाडी र प्रदर्शन :

आरिफ शेख – (खेल : ६, रन : ९४, क्याच : ३)
दिपेन्द्र सिंह ऐरी – (खेल : ६, रन : १०८, विकेट : १, क्याच : ३)
शक्ति गौचन – (खेल : १, रन : ९, क्याच : १)
करण के.सि – (खेल : ५, रन : २१, विकेट : ५)
पारस खड्का – (खेल : ६, रन : २३५, विकेट : ९, क्याच : ३)
सन्दीप लामिछाने – (खेल : ६, रन : ४०, विकेट : १५, क्याच : १)
ज्ञानेन्द्र मल्ल – (खेल : ६, रन : १४३, क्याच : २)
वसन्त रेग्मी – (खेल : ४, रन : १३, विकेट : ४)
अनिल शाह – (खेल : २, रन : २५, क्याच : २)
सोमपाल कामी – (खेल : ६, रन : १४६, विकेट : १३, क्याच : १)
सरद भेषावकर – (खेल : १, रन : ४)
ललित भण्डारी – (खेल : १, रन : ४, विकेट : २)
सुवास खकुरेल – (खेल : २, रन : ६९, स्टम्पिङ : १)
रोहित पौडेल – (खेल : ४, रन : ८६, क्याच : २)
सागर पुन – (खेल : १, रन : ३)
बिनोद भण्डारी – (खेल : ३, रन : ३५, क्याच : ६)
ललित राजवंशी – (खेल : ३, रन : ५, क्याच : १)
पवन सराफ – (खेल : २, रन : १२)
सन्दीप जोरा – (खेल : १, रन : १९)

Post Your Comments

comments

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

आजको खेल :

Prime Minister Cup
2019
Mulpani Cricket Stadium

Prime Minister Cup
2019
Tribhuvan University International Cricket Ground

🇳🇵 Fixtures

Prime Minister Cup
2019
Mulpani Cricket Stadium

Prime Minister Cup
2019
Tribhuvan University International Cricket Ground

Prime Minister Cup
2019
Tribhuvan University International Cricket Ground

Prime Minister Cup
2019
Mulpani Cricket Stadium

ICC World Cup Twenty20 Asia Qualifier
2019
Indian Association Ground

Advertisement

More in Cricket Himalaya News