Connect with us

Cricket Himalaya News

मुख्यमन्त्री कप, महिला क्रिकेट : प्रदेस न ५ र प्रदेस न ३ बिजयी

फाल्गुन ३०, क्रिकेट हिमालय

मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकुद प्रतियोगिता
पुरुष क्रिकेटमा कर्णाली प्रदेश र प्रदेश नम्बर ५ बाहिरिए, सुदुरपश्चिम र प्रदेश नम्बर २ सेमिफाईनलमा पुगे भने महिला क्रिकेटमा प्रदेश नम्बर ५ र प्रदेश नम्बर ३ विजयी भयका छन !

पुरुष क्रिकेटका खेलहरु धनगढीको फाप्ला मैदानमा सुरु भएका छन् भने महिला क्रिकेटका खेलहरु संघीय प्रहरी कार्यालयको खेल मैदानमा भईरहेका छन् ।

महिला क्रिकेटमा प्रदेश नम्बर ५ र प्रदेश नम्बर ३ विजयी

पहिलो खेल

आज भएको पहिलो खेलमा प्रदेश नम्बर ३ ले गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गरेको छ ।

टस जितेर पहिले व्याटिङ गर्दै गण्डकी प्रदेशले २० ओभरमा ४ विकेट क्षतिमा १११ रन बनायो । उसका लागि सरुराज भण्डारीले ४७ र धना छत्यालले १८ रन बनाईन् ।

प्रदेश नम्बर ३ का लागि सुमन खतिवडा श्रीजल श्रेष्ठ करुणा श्री लामा र निरा राजउपाध्यायले एक एक विकेट लिईन् ।

११२ रनको लक्ष्य प्रदेश नम्बर ३ ले १३ दशमलव ३ ओभरमा ३ विकेट क्षतिमा पुरा ग¥यो । उसका लागि कञ्चन श्रेष्ठले ३५ र सुमन खतिवडाले ३१ रन बनाईन् ।

गण्डकी प्रदेशका लागि एनेशा लामिछानेले दुई विकेट लिईन् ।

समुह ए मा रहेका सुदुरपश्चिम प्रदेश नम्बर ३ ले एक एक जित दर्ता गरेका छन् भने गण्डकी प्रदेश र कर्णाली प्रदेशले एक एक हार व्यहोरेका छन् ।

दोश्रो खेल

आज नै भएको दोस्रो खेलमा प्रदेश नम्बर ५ ले प्रदेश नम्बर २ लाई १५ रनले हराएको छ ।

टस जितेर पहिले ब्याटिङ गर्दै प्रदेश नम्बर ५ ले २० ओभरमा ८ विकेट क्षतिमा ११५ रन बनायो । उसका लागि नितु भण्डारीले ३२ सरस्वती पुनले १८ रन बनाईन् ।

प्रदेश २ का लागि सरस्वती चौधरी शान्ति चौधरी अनुराधा चौधरीले दुई दुई विकेट लिईन् ।

विजय लक्ष्य पछ्याएको प्रदेश २ ले १९ दशमलव ५ ओभरमा सवै विकेट गुमाउँदै १०० रन मात्रै बनायो । उसका लागि अनुराधा चौधरीले ३३ रन बनाईन् ।

प्रदेश नम्बर ५ का लागि कृतिका मरासैनी ४ विकेट र लक्ष्मी चौधरीले ३ विकेट लिईन् ।

समुह बी मा प्रदेश १ २ र ५ रहेकोमा प्रदेश १ ले एक खेलमा एक जित प्रदेश २ ले एक खेलमा एक हार र प्रदेश ५ ले दुई खेलमा एक हार एक जित व्यहोरेको छ ।

Post Your Comments

comments

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal U19 v Singapore U19

Nepal U19 v Singapore U19

April 12, 2019

Advertisement
Loading...

Loading...
Advertisement

More in Cricket Himalaya News