Connect with us

Cricket Himalaya News

मुख्यमन्त्री कप, पुरुष क्रिकेट : सुदुर पस्चिम र प्रदेस न २ सेमिफाइनल प्रबेस

फाल्गुन ३०, क्रिकेट हिमालय

मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकुद प्रतियोगिता
पुरुष क्रिकेटमा कर्णाली प्रदेश र प्रदेश नम्बर ५ बाहिरिए, सुदुरपश्चिम र प्रदेश नम्बर २ सेमिफाईनलमा
महिला क्रिकेटमा प्रदेश नम्बर ५ र प्रदेश नम्बर ३ विजयी भयका छन !

पुरुष क्रिकेटका खेलहरु धनगढीको फाप्ला मैदानमा सुरु भएका छन् भने महिला क्रिकेटका खेलहरु संघीय प्रहरी कार्यालयको खेल मैदानमा भईरहेका छन् ।

पुरुष क्रिकेटमा कर्णाली प्रदेश र प्रदेश नम्बर ५ बाहिरिए, सुदुरपश्चिम र प्रदेश नम्बर २ सेमिफाईनलमा

पहिलो खेल

प्रथम अन्तर प्रदेश स्तरीय मुख्यमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएका खेलमा हार व्यहोर्दै कर्णाली प्रदेश र प्रदेश नम्बर ५ प्रतियोगिताबाट बाहिरिएका छन ् ।

दुवै टोली लगातार दुई खेलमा हार व्यहोर्दै बाहिरिएका हुन् ।

प्रदेश ४ सँग ५६ रनको अन्तरले पराजित हुँदै प्रदेश ५ प्रतियोगिताबाट बाहिरिएको छ। प्रदेश ५ को यो लगातार दोश्रो हार हो। यसअघि भएको खेलमा प्रदेश १ सँग ५ रनले पराजित भएको थियो।

टस जितेर पहिले ब्याटिंग गर्दै गण्डकी प्रदेशले निधारित २० ओभरमा ८ विकेट गुमाएर ८६ रन बनायो। उसका लागि किशोर महतोले सर्वाधिक १९ रन, विधान श्रेष्ठले १८ रन, मन्जिल न्यौपानेले अविजित १५ रन र सन्तोष न्यौपानेले १३ रन बनाए ।

गण्डकी प्रदेशका लागि रुपेश कुर्मी र कृष्ण कार्कीले समान २÷२ विकेट लिए । कप्तान सन्दिप सुनार र सिद्धान्त राजको नाममा १÷१ विकेट रह्यो।

कर्णाली प्रदेशले दिएको ८७ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको प्रदेश ५ ले १३.२ ओभरमा सबै विकेट गुमाउँदै ३० रन मात्रै बनाउन सक्यो ।

उसलाई सस्तैमा समेट्न प्रदेश ४ का बलर विपिन खत्रीले ५ विकेट लिए । ४ ओभर बलिंग गर्दै १ मेडन राखेका उनले ७ रन मात्रै खर्चिंए । राजु गुरुङले २ विकेट लिए ।

प्रदेश ५ का लागि ८ नम्बरमा आएका बिक्रम भुसालले सर्वाधिक ८ रन बनाए।

प्रतियोगितामा सातै प्रदेशका टिमहरुलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ए मा प्रदेश गण्डकी प्रदेश सहित प्रदेश नम्बर १, ३, र ५ रहेका छन् । प्रदेश नम्बर १ ले हिजोको पहिलो खेलमा जित निकालेको छ ।

दोश्रो खेल

आज नै भएको दोस्रो खेलमा पनि हार व्यहोर्दै कर्णाली प्रदेश पनि प्रतियोगिताबाट बाहिरिएको छ ।

कर्णाली प्रदेश प्रदेश नम्बर २ सँग ८ विकेटले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो ।

टस जितेर पहिले व्याटिङ गर्दै कर्णाली प्रदेशले १९ दशमलव ४ ओभरमा सवै विकेट गुमाउँदै ६८ रन मात्रै बनाउन सक्यो । सो पारीमा रविन्द्रजंग शाहीले २८ रन बनाउनु बाहेक अरुले दोहोरो रन अंक बनाउन सकेनन् ।

प्रदेश नम्बर २ का लागि समसाद सेखले ३ विकेट लिए । सुनिल मिश्र र दिभेन्सु मल्लिकले दुई दुई विकेट लिए ।

६९ रनको विजय लक्ष्य पछ्याएको प्रदेश नम्बर २ ले १४ दशमलव १ ओभरमा २ विकेट क्षतिमा लक्ष्य भेट्टायो । उसका लागि सुधिर चौधरीले सर्वाधिक ३७ रन बनाए । विशाल सुस्लिङ र हसिम अन्सारीले १४÷१४ रन बनाए ।

कर्णाली प्रदेशका लागि दिवन पुनले एक विकेट लिए । समुह बि मा सुदुरपश्चिम कर्णाली प्रदेश र प्रदेश नम्बर २ रहेका छन् ।

यो समुहबाट भने सुदुरपश्चिम र प्रदेश नम्बर २ सेमिफाईनल पुगेका छन् । समुहको विजेता र उपविजेताको टुङगो भने दुवै बीचको खेलपछि लाग्नेछ ।

Post Your Comments

comments

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

आजको खेल :

Prime Minister Cup
2019
Mulpani Cricket Stadium

Prime Minister Cup
2019
Tribhuvan University International Cricket Ground

🇳🇵 Fixtures

Prime Minister Cup
2019
Mulpani Cricket Stadium

Prime Minister Cup
2019
Tribhuvan University International Cricket Ground

Prime Minister Cup
2019
Tribhuvan University International Cricket Ground

Prime Minister Cup
2019
Mulpani Cricket Stadium

ICC World Cup Twenty20 Asia Qualifier
2019
Indian Association Ground

Advertisement

More in Cricket Himalaya News