Connect with us

Cricket Himalaya News

रुपन्देही सुपर लिग : वेस्टर्न क्रिकेट क्लब सेमिफाइनलमा, समर्ग्र टिमको उत्कृष्ट प्रदर्शन

फाल्गुन ३०, क्रिकेट हिमालय | भैरहवा

क्रिकेट एसोसिएसन अफ रुपन्देहीको आयोजना सुरु भएको रुपन्देही सुपर लिगको सातौ दिनको खेलमा वेस्टर्न क्रिकेट क्लब बिजयी भएको छ । आज भएको आफ्नो दोस्रो खेलमा साइ ग्लोबल लाई १४५ रनको फराकिलो अन्तरले पराजित गर्दै बिजयी भएको छ । आजको जित सँगै वेस्टर्न क्रिकेट क्लब सेमिफाइनल प्रवेश गरेको छ ।

वेस्टर्नको आजको जितमा समग्र टिमको ब्याटिङ र बलिङ दुबैमा उत्कृष्ट प्रदर्सन रह्यो । ट्स जिति पहिला ब्याटिङ गरेको वेस्टर्नले ५० ओभरमा सबै विकेट गुमाउदै २९५ रन बनाएको थियो । वेस्टर्नको लागि भुवन पान्डेले ५४ रनको अर्धशतकिय पारी खेले एस्तै महेश राना ४३, बिक्रम सोब ४१, प्रदिप कुमार ३२, राहुल बिस्वकर्माले ३०, बिष्णु पान्डे १९, निर्मल थापा १७ तथा बिजय भट्टराईले १३ रनको योगदान दिए । साइ ग्लोबल क्रिकेट क्लबको लागि अहम्मद हुसेनले ५, दुर्ग्रेश कुर्मि २ तथा इमरान खान, इमरान पठान र रुपेश बास्तोलाले समान १/१ विकेट हात पारे ।

२९६ रनको विशाल बिजयी लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको साइ ग्लोबल क्रिकेट क्लबले ३३.५ ओभरमा सबै विकेट गुमाउदै १५० रनमा समेटिएको थियोे । साइ ग्लोबलको लागि रुपेश बास्तोला ४०, प्रज्वल थापा ३२, इमरान खान र दुर्गेश कुर्मीले समान १३/१३ तथा दिवस सेन्चुरिले १२ रनको योगदान दिए । वेस्टर्नको जितमा विक्रम सोबले ४ तथा प्रदिप कुमार र अबिसेख गौतमले समान २/२ तथा राहुल बिस्वकर्माले १ विकेट हात पारे । खेलको म्यान अफ दि म्याच वेस्टर्न क्रिकेट क्लबका बिक्रम सोब (४१(४७),७-०-३५-४) घोषित भए ।

आजको यो जित सँगै वेस्टर्न क्रिकेट क्लब समूह बिजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ । अब सेमिफाइनलमा वेस्टर्नले बुटवल ११ र लुम्बिनी खुकुरी क्रिकेट क्लब बिचको बिजेता सँग खेल्नेछ । रुपन्देही सुपर लिग अन्तर्गत भोलीका खेलहरुमा शंकरनगर क्रिकेट क्लब र स्टार क्रिकेट क्लब बिच हुनेछ ।

Post Your Comments

comments

आजको खेल :

Prime Minister Cup
2019
Mulpani Cricket Stadium

Prime Minister Cup
2019
Tribhuvan University International Cricket Ground

🇳🇵 Fixtures

Prime Minister Cup
2019
Mulpani Cricket Stadium

Prime Minister Cup
2019
Tribhuvan University International Cricket Ground

Prime Minister Cup
2019
Tribhuvan University International Cricket Ground

Prime Minister Cup
2019
Mulpani Cricket Stadium

ICC World Cup Twenty20 Asia Qualifier
2019
Indian Association Ground

Advertisement

More in Cricket Himalaya News