Connect with us

Nepal International

यु-१६ पुर्वी एसिया : खेल तालिका सार्वजनिक, म्यानमार पहिलो प्रतिद्वन्दी

फाल्गुन ३०, क्रिकेट हिमालय | नारायण पाण्डे

एसियन क्रिकेट काउन्सिलको दुई बर्ष (सन् २०१९ र २०२०) को खेल तालिका अनुसार यही मार्चमा हुने भनिएको यु-१६ पुर्वी एसिया क्रिकेट प्रतियोगिता बैशाख ५ गते देखी १५ गतेसम्म थाईल्यान्डमा हुने भएको छ ।

प्रतियोगितामा नेपाल सहित थाईल्यान्ड, भुटान, हङकङ, म्यानमार, मलेसिया, सिंगापुर र चीन सहभागी हुनेछन् । प्रतियोगिताको समूह ‘ए’ मा नेपाल सहित मलेसिया, थाईल्यान्ड र म्यानमार छन् भने समूह ‘बि’ मा सिंगापुर, चीन, हङकङ र भुटान छन ।

समुह ए समुह बि
नेपाल सिंगापुर
मलेसिया चीन
थाईल्यान्ड हङकङ
म्यानमार भुटान

प्रतियोगिताका सबै खेल नेपाली समय अनुसार बिहान ९:१५ बजे बाट सुरु हुनेछन् । प्रतियोगिता ३५ ओभरमा हुनेछ । प्रतियोगितामा नेपालले बैशाख ७ गते म्यानमार, ११ गते मलेसिया र १२ गते थाईल्यान्डसँग खेल्नेछ । प्रतियोगिताका सेमिफाइनल खेल १४ गते तथा फाइनल र ३/४ प्ले अफ खेल १५ गते हुनेछन् ।

Post Your Comments

comments

Advertisement
Loading...
Advertisement

Like us on Facebook

Follow us on Twitter

Newsletter

हाम्रो साईटमा सदस्यता लिन तपाईंको ईमेल ठेगाना प्रविष्ट गर्नुहोस् र ईमेल द्वारा नयाँ पोष्टहरूको अधिसूचनाहरू प्राप्त गर्नुहोस् ।

More in Nepal International