Connect with us

Cricket Himalaya News

मुख्यमन्त्री कप, पुरुष क्रिकेट : प्रदेश न ५ मात्र ३० रनमा समेटियो, प्रदेश न ४ बिजयी

फाल्गुन ३०, क्रिकेट हिमालय

धनगढीमा जारी प्रथम अन्तर प्रदेश स्तरीय मुख्यमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तर्गत आज सम्पन्न पुरुष क्रिकेट तर्फ पहिलो खेलमा प्रदेश ४ सँग प्रदेश न ५ ५६ रनले पराजित भएको छ । टस जितेर पहिले ब्याटिंग गरेको प्रदेश ४ ले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ८६ रन बनाएको थियो । उसका लागि किशोर महतोले सर्बाधिक १९ रन, बिधान श्रेष्ठले १८ रन, मन्जिल न्यौपानेले १५* रन र सन्तोष न्यौपानेले १३ रन बनाएका थिए । बलिंगतर्फ प्रदेश ४ का रुपेश कुर्मी र कृष्ण कार्किले समान २/२ विकेट लिएका थिए ।

लक्ष्य पछ्याउन मैदानमा उत्रिएको प्रदेश ५ १३.२ ओभरमा सबै विकेट गुमाउँदै मात्र ३० रनमा समेटियो । बिक्रम भुसालले उच्च ८ रन बनाएका थिए । प्रदेश ४ का बलर बिपिन खत्रीले ४ ओभर बलिङ गर्दै १ मेडन राखेर मात्र ७ रन खर्चिंदा ५ विकेट हात पारे । राजु गुरुङले २ विकेट, बिशाल पौडेल, किशोर महतो र सन्तोष न्यौपानेले समान १/१ विकेट लिए । प्रदेश न ४ का बिपिन खत्री प्लयेर अफ द म्याच भएका थिए ।

Post Your Comments

comments

Advertisement
Loading...
Advertisement

Like us on Facebook

Follow us on Twitter

Newsletter

हाम्रो साईटमा सदस्यता लिन तपाईंको ईमेल ठेगाना प्रविष्ट गर्नुहोस् र ईमेल द्वारा नयाँ पोष्टहरूको अधिसूचनाहरू प्राप्त गर्नुहोस् ।

More in Cricket Himalaya News