Connect with us

Cricket Himalaya News

रुपन्देही सुपर लिग : तिरुपती क्रिकेट क्लब बिजयी, देव खनालको उत्कृष्ट प्रदर्शन

फाल्गुन २९, क्रिकेट हिमालय | भैरहवा

क्रिकेट एसोसिएसन अफ रुपन्देहीको आयोजना सुरु भएको रुपन्देही सुपर लिगको छैठौ दिनको खेलमा तिरुपती क्रिकेट क्लब बिजयी भएको छ । तिरुपतिको जितमा देव खनालले ब्याटिङ र बलिङ दुबैमा राम्रो प्रर्दर्शन गरे । आज भएको बुम एमसिसि सँगको खेलमा ७८ रनको जित निकाल्दै तिरुपति क्रिकेट क्लब बिजयी भएको छ । ट्स जिति पहिला ब्याटिङ गरेको तिरुपतिले ३१.४ ओभरमा सबै विकेट गुमाउदै १३१ रनमा समेटिएको थियो । तिरुपतिको को लागि देव खनालले ५३, बिपिन न्यौपाने ३६ तथा केसब पौडेलले १४ रनको अबिजित पारिको योगदान दिए । यस्तै एमसिसि क्रिकेट क्लबको लागि दुर्ग्रेश गुप्ताले ५, तौसेन चौहानले ३ तथा इखालह अहमद्दले २ विकेट लिए ।

१३२ रनको बिजयी लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको बुम एमसिसिले १८.५ ओभरमा सबै विकेट गुमाउदै ५३ रनमा समेटिएको थियो । बुम एमसिसिको लागि रोशन ठानिले १८ रन बाहेक अन्य कुनै पनि ब्याट्यम्यानले दोहोरो अन्क बनाउन सकेनन । तिरुपतिको जितमा देब खनालले ४, शुलभ ढुङानाले ३ तथा सरद राय र केसब पौडेलले समान १/१ विकेट हात पारे । खेलको म्यान अफ दि म्याच तिरुपतिका देव खनाल (५३(६४),७-२-७-४) घोषित भए ।

रुपन्देही सुपर लिग अन्तर्गत भोलीका खेलहरुमा वेस्टर्न क्रिकेट क्लब र साइ ग्लोबल क्रिकेट क्लब बिच हुनेछ ।

Post Your Comments

comments

Nepal U19 v Singapore U19

Nepal U19 v Singapore U19

April 12, 2019

Advertisement
Loading...

Loading...
Advertisement

More in Cricket Himalaya News