Connect with us

Nepal Womens

मुख्यमन्त्री कप, महिला क्रिकेट : सुदुर पश्चिम र प्रदेश न १ बिजयी

फाल्गुन २९, क्रिकेट हिमालय

मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत आज देखी क्रिकेटका खेलहरु सुरु भएका छन् । पुरुष क्रिकेटका खेलहरु धनगढीको फाप्ला मैदानमा सुरु भएका छन् भने महिला क्रिकेटका खेलहरु संघीय प्रहरी कार्यालयको खेल मैदानमा भईरहेका छन् ।

महिला क्रिकेटमा सुदूरपश्चिमको ऐतिहासिक जित, प्रदेश नम्बर १ को पनि जित

मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकुद प्रतियोगिता अन्तरगत महिला क्रिकेटमा सुदूरपश्चिमको महिला टिमले ऐतिहासिक जित हात पारेको छ । आज भएको खेलमा कर्णाली प्रदेशलाई ४ रनमा अलआउट गर्दै सुदूरपश्चिमको महिला टिमले ऐतीहासिक जित हात पारेको हो । आज भएको खेलमा टस जितेर व्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले निर्धारित १५ ओभरमा २ सय ३१ रन बनायो। सुदुरपश्चिमका लागि रुवी पोदारले ५२ बलमा ८५ रन बनाईन्। यस्तै रेवती धामीले ४४ बलमा ६९ रन बनाईन् । २ सय ३२ रनको लक्ष्य पछ्याएको कर्णाली प्रदेश ४ रनमै अलआउट भएको हो। कर्णाली प्रदेशका लागि लक्ष्मी पुरीले १ रन बनाईन् भने ३ रन अतिरित पाएको थियो । सुदूरपश्चिमका लागि कविता कुँवरले २ ओभरमा २ ओभर नै मेडन राख्दै ह्याटिक सहित ४ विकेट लिईन् । यस्तै सुमन विष्टले २ ओभरमा ४ रन दिएर २ विकेट लिईन् ।

आज नै भएको दोस्रो खेलमा प्रदेश नम्बर १ ले प्रदेश नम्बर ५ लाई ७ विकेटले हराएको छ । प्रदेश नम्बर ५ ले टस जितेर पहिले व्याटिङ गर्दै २० ओभरमा ९ विकेट क्षतिमा १०७ रन बनायो । उसका लागि सरस्वती पुनले २८ नितु भण्डारीले २१ रन बनाईन् । प्रदेश नम्बर १ का लागि सवनम राई र निग्मा तामाङले दुई दुई विकेट लिईन् । १०८ रनको विजय लक्ष्य पछ्याएको प्रदेश नम्बर १ ले निर्धारित ओभर सकिन दुई बल बाँकी रहँदै लक्ष्य पुरा गर्यो । प्रदेश नम्बर १ लाई सानदार जित दर्ता गराउन रोमा थापाले ६१ रनको अविजित पारी खेलिन् । त्यस्तै अप्सरी वेगमले पनि १८ रन जोडिन् ।

Post Your Comments

comments

Nepal U19 v Singapore U19

Nepal U19 v Singapore U19

April 12, 2019

Advertisement
Loading...

Loading...
Advertisement

More in Nepal Womens