Connect with us

Nepal Womens

मुख्यमन्त्री कप, महिला क्रिकेट : कर्णाली प्रदेश ४ रनमा अल आउट, सु. प. बिजयी

फाल्गुन २९, क्रिकेट हिमालय

कैलालीको धनगढीमा सुरु भएको मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकुद प्रतियोगिता २०७५ अन्तर्गत क्रिकेटमा सुदूरपश्चिमको महिला टिमले ऐतिहासिक जित हात पारेको छ । बुधबारको पहिलो खेलमा सुदूरपश्चिमले कर्णाली प्रदेशलाई २ सय २७ रनको फराकिलो अन्तरले पराजित गर्दै ऐतिहासिक जित हात पारेको हो । टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले निर्धारित १५ ओभरमा २ सय ३१ रन बनाएको थियो । सुदूरपश्चिमका लागि रुवी पोदारले सवार्धीक ८५ रन बनाइन् । यस्तै, रेवती धामीले ६९ रन बनाइन् ।

२ सय ३२ रनको लक्ष्य पछ्याएको कर्णाली प्रदेश ४ रनमै अलआउट भएको थियो । कर्णाली प्रदेशका लागि लक्ष्मी पुरीले १ रन मात्र बनाउन सकिन । कर्णाली प्रदेशले ३ रन अतिरिक्त पाएको थियो । सुदूरपश्चिमका लागि कविता कुँवरले ४ विकेट लिइन् । त्यस्तै, सुमन विष्टले २ विकेट लिइन् । कर्णाली प्रदेशका खेलाडीको बलिङ शैली नमिलेपछि २० ओभरको खेललाई १५ ओभरमा झारिएको थियो ।

Post Your Comments

comments

Advertisement
Loading...

Loading...
Advertisement

Like us on Facebook

Follow us on Twitter

Newsletter

हाम्रो साईटमा सदस्यता लिन तपाईंको ईमेल ठेगाना प्रविष्ट गर्नुहोस् र ईमेल द्वारा नयाँ पोष्टहरूको अधिसूचनाहरू प्राप्त गर्नुहोस् ।

More in Nepal Womens