Cricket Himalaya
Cricket News From Top of The World

सोमपाल कामिको अमेरिका भ्रमण ‘प्राबिधिक कारण’ जनाउदै रद्ध

फाल्गुन २८, क्रिकेट हिमालय

नेपाली राइनोज क्रिकेट क्लब, अमेरिकाको तर्फबाट खेल्ने तय भएको भनिएका सोमपाल कामीको अमेरिका भ्रमण ‘प्राबिधिक कारण’ ले रद्ध भएको जानकारी आयोजकले दिएको छ ।

नेपाली राइनोज क्रिकेट क्लबले चैत्र ६-१० (मार्च २०-२४) सम्म अमेरिका टेक्सस राज्यको ह्युष्टनमा हुने ‘टु एक्स क्रिकेट युएसए कप प्रतियोगिता’ मा सहभागिता जनाउने भएको छ ।

‘नेपाली राइनोज क्रिकेट क्लब’, नेपालमा अन्तराष्ट्रिय, राष्ट्रिय, क्षेत्रीय र स्थानीय प्रतियोगिताहरुमा सहभागिता जनाएका खेलाडीहरुको सक्रियतामा अमेरिकाको टेक्ससमा खोलिएको क्रिकेट क्लब हो । अमेरिका विभिन्न व्यावसायिक क्लबहरुको सहभागीता रहने उपरोक्त प्रतियोगिताको विजेताले २० हजार अमेरिकी डलर र उपविजेताले १० हजार अमेरिकी डलर प्राप्त गर्नेछन । सन् २०१६ को संस्करण जहाँ राइनोजले उपाधि जितेको थियो, क्लबवाट नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का, राष्ट्रिय टोलीका नियमित सदस्यहरु ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, वसन्त रेग्मी, सोमपाल कामी, सुभाष खकुरेल, पृथु बास्कोटा, सिद्धान्त लोहनी लगायताका खेलाडीहरुले खेलेका थिए ।

यसअघी यो पटक अन्य नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरु ल्याउन पहल गरियतापनी सोमपाल बाहेक अन्य प्राबिधिक कारणले आउन नसकेको जानकारी आयोजकले दिएको थियो ।

टिम नेपाली राइनोज

सोमपाल कामी (रद्ध), नेपाली राष्ट्रिय टोलीका पूर्व सदस्यहरु कनिष्क चौगाई, सागर पन्त, राकेश कर्ण, वरदान चालिसे, वेष्टइन्डिजका सन फिन्डले, निकुरमा बोन्नर, दक्षिण अफ्रिकाका रस्टि थेरान, माइकल वेदफोर्ड, भारतका प्रथम श्रेणीको क्रिकेट खेल्ने सन्नी पटेल, सुशान्त मुदानी, पाकिस्तान यु-१९ टोलीका सदस्य सायन जहानगिर, प्रयास पण्डित, सन्जय शर्मा, सुरैन विसी, आदित्य हारिहरा र ओस्कर बुढाथोकी