Cricket Himalaya
Cricket News From Top of The World

रुपन्देही सुपर लिग : बुटवल ११ बिजयी, तौसिफ आलम उत्कृष्ट

फाल्गुन २८, क्रिकेट हिमालय | भैरहवा

क्रिकेट एसोसिएसन अफ रुपन्देहीको आयोजना सुरु भएको रुपन्देही सुपर लिगको पाचौ दिनको खेलमा बुटवल ११ बिजयी भएको छ । आज भएको प्रोफेसर मास्टर सँगको खेलमा ७३ रनको जित निकाल्दै बुटवल ११ बिजयी भएको हो । ट्स जिति पहिला ब्याटिङ गरेको बुटवल ११ ले ३९.५ ओभरमा सबै विकेट गुमाउदै १५९ रनमा समेटिएको थियो । बुटवल ११ को लागि तौसिफ आलमले ८६ बलमा ८ चौकाको मद्दतले ६७ रनको अबिजित पारी खेले । यस्तै बुटवल ११ को लागि इस्वर गुरुङले ३७ तथा अमीत श्रेष्ठले १३ रनको योगदान दिए । प्रोफेसर मास्टरको लागि सैलेश श्रीवास्तले ३, गजेन्द्र गुरुङ, बल्ले ठकुरी र समोट पौडेलले समान २/२ तथा अमर लिम्बुले१ विकेट लिए ।

१६० रनको बिजयी लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको प्रोफेसर मास्टरले २१.२ ओभरमा सबै विकेट गुमाउदै ८६ रनमा समेटिएको थियोे । प्रोफेसर मास्टर को लागि अजय रसाईलीले २७ तथा आदित्य त्रिपाठिले २५ रनको योगदान दिए । बुटवल ११ को जितमा प्रकाश केसी ४, कृष्ण सेन ३ तथा देब्रेन्द्र सोमरे, सुधन श्रेष्ठ र विशाल भुसालले समान १/१ विकेट हात पारे । खेलको म्यान अफ दि म्याच बुटवल ११ का तौसिफ आलम (६७(८६)) घोषित भए ।

रुपन्देही सुपर लिग अन्तर्गत भोलीका खेलहरुमा बुम एमसिसि क्रिकेट क्लब र तिरुपती क्रिकेट क्लब बिच हुनेछ ।