Cricket Himalaya
Cricket News From Top of The World

रुपन्देही सुपर लिग : वेस्टर्न क्रिकेट क्लब बिजयी, राहुल विश्वकर्माको उत्कृष्ट पारी

फाल्गुन २७, क्रिकेट हिमालय | भैरहवा

क्रिकेट एसोसिएसन अफ रुपन्देहीको आयोजना सुरु भएको रुपन्देही सुपर लिगको चौथो दिनको खेलमा वेस्टर्न क्रिकेट क्लब १०९ रनले बिजयी भएको छ । आज भएको न्यु होराइजन क्रिकेट क्लब सँगको खेलमा १०९ रनको फराकिलो जित निकाल्दै वेस्टर्नले सुपर लिगमा बिजयी सुरुवात गरेको छ । ट्स जिति पहिला ब्याटिङ गरेको वेस्टर्न क्रिकेट क्लबले ले ४९.२ ओभरमा सबै विकेट गुमाउदै १५९ रनमा समेटिएको थियो । वेस्टर्नको लागि कप्तान राहुल कुमार विश्वकर्माले १४५ बलमा १३ चौकाको मद्दतले ९४ रनको उत्कृष्ट पारी खेले ।सतक बनाउन मात्रै ६ रन बाकी रहदा उनी स्ट्मपिङ हुन पुगे । यस्तै वेस्टर्न को लागि बिक्रम सोब ले १३ तथा प्रदिप कुमारले १५ रनको योगदान दिए । न्यु होराइजनको लागि राहुल प्रजापतिले महत्त्वपूर्ण ५ विकेट हात पारे । यस्तै गणेश गौडेलले ३ तथा गोबिन्द कार्कि र सुसान भारिले समान १/१ विकेट लिए ।

(न्यु होराइजनका राहुल प्रजापति)

१६० रनको बिजयी लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको न्यु होराइजन २९.४ ओभरमा सबै विकेट गुमाउदै मात्रै ५० रनमा समेटिएको थियो । न्यु होराइजन को लागि विशाल भन्डारीले २० रन बाहेक अन्य कुनै पनि ब्याटम्यान राम्रो प्रर्दशन गर्न सकेनन । वेस्टर्न को जितमा बिर्क्रम सोब र प्रदिप कुमारले ३/३ बिक्रम भुसाल २ तथा अभिषेक गौतमले १ विकेट हात पारे । खेलको म्यान अफ दि म्याच वेस्टर्नका राहुल विश्वकर्मा (९४(१४५)) घोषित भए ।

रुपन्देही सुपर लिग अन्तर्गत भोलीका खेलहरुमा प्रोफेसर मास्टर ११ र बुटवल ११ बिच हुनेछ ।

आज सम्पन्न खेलका केही तस्बिरहरु :