Cricket Himalaya
Cricket News From Top of The World

यु-१९ विश्वकप एसियन क्वालिफायरको लागि नेपाल यु-१९ को छनोट क्याम्प टियु मैदानमा जारि (सचित्र)

फाल्गुन २७, क्रिकेट हिमालय

यु-१९ विश्वकप एसियन क्वालिफायर (यु-१९ डिभिजन वान) को लागि नेपाल यु-१९ को छनोट क्याम्प किर्तिपुर स्थित टियु मैदानमा जारि रहेको छ । कुल ४५ जना यु-१९ का खेलाडीहरु बिभिन्न छेत्रबाट छनोट भएर क्याम्पमा आफुलाई प्रमाणित गर्दैछन, पहिलो चरणको छनोट क्याम्प मार्फत १८ खेलाडी दोश्रो चरण पुग्ने जानकारी यु-१९ कोच बिनोद दासले दिएका छन् ।

अप्रिल, २०१९ दोश्रो हप्ता देखी मलेसियामा सुरु हुने यु-१९ डिभिजन वानको बिजेता टिमले २०२० मा साउथ अफ्रीकामा हुने विश्वकपमा सिधा स्थान बनाउनेछ । एसियन यु-१९ क्वालिफ़ायरमा एसियन यु-१९ डिभिजन वानका चार टिमहरु नेपाल, मलेसिया, सिंगापुर, युएई संगै डिबिजन टु मार्फत आएका टप टु टिमहरु ओमान र कुवेत गरि कुल ६ टिमको सहभागिता रहने छ ।

टियु मैदानमा जारी यु-१९ छनोट क्याम्प तस्बिरमा :