Connect with us

Cricket Himalaya News

तपस्या कप स्कुल क्रिकेट, दाङ्ग : पद्मोदय नमुना मा वि उपाधी बिजेता

दाङ, फागुन २५ ।

तपस्या कप जिल्लास्तरिय विद्यालय टि–२० क्रिकेट प्रतियोगीताको उपाधी पद्मोदय पव्लिक नमुना माध्यमिक विद्यालय घोराहीले हात पारेको छ ।

शान्ति निकेतन विद्यालयको आयोजना तथा तपस्या ट्रेडर्सको मुख्य प्रायोजन एवं क्रिकेट संघ दाङको प्राविधिक सहयोगमा भएको प्रतियोगीताको फाइनलमा सिद्धार्थ एकेडेमी घोराहीलाई २० रनले पराजित गर्दै पद्मोदयले उपाधी हात पारेको हो ।

टस हारेर व्याटिङको निम्तो पाएको पद्मोदयले निर्धारित २० ओभरको खेलमा १९.५ ओभर खेल्दै ११८ रनको योगफल तयार पारेको थियो । जसमा पद्मोदयका युवराज सुवेदीले उत्कृष्ट पारी खेल्दै ३१ रन, अभिषेख खनालले २७, शरद सुवेदी १७ र आकर्ष पाण्डेले १६ रनको योगदान दिनुभएको थियो ।

बलिङतर्फ सिद्धार्थका सुदिपकुमार ओलीले सर्वाधिक ४ विकेट, सिजन शाही र समिर रावतले समान २/२ विकेट लिनुभएको थियो ।

११९ रनको लक्ष्यसहित मैदान प्रवेश गरेको सिद्धार्थले निर्धारित २० ओभरमा ८ विकेटको गुमाउँदै ९८ रनमा समेटिएको थियो । जसमा सुदिपकुमार ओलीले उत्कृष्ट पारी खेल्दै सर्वाधिक ४० रन जोड्नुभएको थियो । त्यस्तै शेषमणि चौधरीले २१ रन जोडे पनि अन्य व्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

सिद्धार्थलाई सस्तैमा समेट्ने क्रममा पद्मोदयका सुमन दशौदीले ३, युवराज सुवेदीले २, जीवन आले मगर र शरद सुवेदीले १/१ विकेट लिन सफल हुनुभएको थियो ।

खेलमा टिमलाई विजयी बनाउन महत्वपूर्ण भूमिका खेल्ने पद्मोदयमा युवराज सुवेदीलाई म्यान अफ द म्याच घोषणा गरिएको थियो ।

यसैबीच शनिबार नै विजेता टीमलाई पुरस्कार र प्रमाण पत्र वितरण गरिएको छ । उपाधी विजेता पद्मोदयले नगद २५ हजार, ट्रफि र मेडल हाल पारेको छ । भने उप विजेता सिद्धार्थ एकेडेमीले नगर १५ हजारसहित ट्रफ्रि र मेडल हात पारेको छ । त्यस्तै प्लेयर अफ द सिरिज पद्मोदयका युवराज सुवेदी, बेष्ट बलरमा शान्ति निकेतनका सन्दिप पोख्रेल, इमर्जिङ प्लेयरमा शान्ति निकेतनकै सुप्रिम रोका, वेष्ट व्याट्सम्यानका रुपमा भ्यालिटपका पछाईलाई पुरस्कृत गरिएको थियो ।

शान्ति निकेतन विद्यालयका प्रबन्ध निर्देशक सुनिल गौतमको अध्यक्षतामा भएको पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले खेल क्षेत्रको विकासका लागि उपमहानगरपालिका लागिपरेको बताउनुभयो । खेलको पूर्वाधार विकासका लागि यस वर्ष प्रयाप्त मात्रामा वजेट विनियोजन गरेको भन्दै प्रमुख चौधरीले यस वर्षदेखि उपमहानगरपालिकाभित्र २ वटा खेल मैदान निर्माण सुरु हुने बताउनुभयो ।

घोराही उपमहानगरपालिका वडानम्वर १७ गुलरियाको क्रिकेट मैदान र वडानम्वर १६ करौंती डाँडामा बहुउद्देश्यीय रङ्गशाला निर्माण कार्य यसै वर्षदेखि सुरु हुने चौधरीले बताउनुभयो । जिल्लाको समृद्धिका लागि खेल क्षेत्रको पनि विकास हुनुपर्ने भन्दै उपमहानगर प्रमुख चौधरीले खेलाडीहरुले आफ्नो क्षमता प्रदर्शन गरेर जिल्लालाई चौतर्फि चिनाउनुपर्ने बताउनुभयो । खेलाडीहरुको क्षमता विकासका लागि पनि आफूहरुले योजना बनाइरहेको चौधरीको भनाई थियो ।

कार्यक्रममा विशिष्ट अतिथिको आसनबाट बोल्दै प्रतियोगीताका मुख्य प्रायोजक तपस्या टे«डर्सका प्रमुख एवं व्यवसायी खड्ग बुढाथोकीले जिल्लाको खेल क्षेत्रको विकासका लागि निजी क्षेत्रले गरेको लगानीलाई खेलाडीहरुले सदुपयोग गर्नुपर्ने बताउनुभयो । खेलाडी उत्पादनका लागि विद्यालय स्तरमा विभिन्न प्रतियोगीता हुनुपर्ने भन्दै व्यवसायी बुढाथोकीले प्रतियोगीताका लागि निजी क्षेत्रको साझेदारी रहने बताउनुभयो ।

कार्यक्रममा बोल्दै विशिष्ट अतिथि नेपाल पत्रकार महासंघका अध्यक्ष सविन प्रियासन र खेलकुद विकास समिति दाङका कोषाध्यक्ष कैलाश रोकाले खेलको विकास भए मात्रै अन्य क्षेत्रको विकास हुने बताउनुभयो । खेलले अनुशासनका साथै शारिरीक स्फ्रुति दिने हुँदा विद्यार्थीहरुलाई खेलमा लगाउनुपर्ने बताउनुभयो ।

क्रिकेट संघ दाङका अध्यक्ष प्रदिप मजगैयाले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रमको सहजीकरण शान्ति निकेतन विद्यालयका भाइस–प्रिन्सिपल टीका बस्नेतले गर्नुभएको थियो । गत फागुन २१ गतेदेखि गुलरिया क्रिकेट मैदानमा सुरु भएको प्रतियोगीतामा जिल्लाका १२ वटा विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगीताको मुख्य प्रायोजकमा तपस्या ट्रेडर्स, सह–प्रायोजकमा घोराही उपमहानगरपालिका वडानम्वर १५, ड्रिमल्याण्ड टे«डर्स घोराही दाङ र व्यवसायी सनत गिरी रहनुभएको थियो ।

त्यसैगरी प्रतियोगीताको प्रथम पुरस्कार घोराही उपमहानगरपालिका र दोस्रो पुरस्कार द् लोटस टे«निङ सेन्टर घोराहीले प्रायोजन गर्नुभएको थियो । प्रतियोगीताको हस्पिटालिटी पार्टनरमा टी थ्री प्यालेस र फुड एण्ड रिफ्रेसमेन्ट पार्टनरमा मानाकासी सिने प्लेक्स घोराही र अन्य प्रायोजकमा सत्यवती पुस्तक पसल, दङाली माछापालन, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक, एम.एस.अटो घोराही, दीयो गार्मेन्ट घोराही, सनराइज मेडिसिएन एण्ड डिस्ट्रिब्यूटर्स घोराही, कैलास रोका र बाशुदेव शर्मा रहनुभएको थियो ।

Post Your Comments

comments

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal U19 v Singapore U19

Nepal U19 v Singapore U19

April 12, 2019

Advertisement
Loading...

Loading...
Advertisement

More in Cricket Himalaya News