Connect with us

Cricket Himalaya News

तपस्या ट्रेडर्स जिल्लास्तरिय स्कुल क्रिकेट, दाङ्ग : सिद्धार्थ र पद्मोदय फाइनल प्रबेस

दाङ, फागुन २४

शान्ति निकेतन विद्यालयको आयोजना तथा क्रिकेट संघ दाङको प्राविधिक सहयोगमा घोराहीमा जारी तपस्या ट्रेडर्स जिल्लास्तरिय विद्यालय टि–२० क्रिकेट प्रतियोगीताको शनिबार हुने फाइनलमा सिद्धार्थ र पद्मोदय भिड्ने छन !

पहिलो सेमिफाइनल

टस जितेर व्याटिङ रोजेको शान्ति निकेतन विद्यालयले २० ओभरको खेलमा ४ विकेट गुमाउँदै ७८ रनको फोगफल तयार पारेको थियो । जसमा शान्ति निकेतनका प्रकाश खनालले नट आउट २३ र सुदन भण्डारीले १६ रन जोडे पनि अन्य व्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

शान्ति निकेतनलाई सस्तैमा समेट्ने क्रममा सिद्धार्थका सिजन शाहीले २, सुदिपकुमार ओली र आर्यन सुवेदीले समान १/१ विकेट लिएका थिय !

७९ रनको विजयी लक्ष्य पछ्याउने क्रममा सिद्धार्थका सुदिपकुमार ओली र समिक बस्नेतले नटआउट २२/२२ रनको योगदान दिएका थिय !

बलिङतर्फ शान्ति निकेतनका सन्दिप पोख्रेलले १ विकेट लिएका थिय !

सुदिपकुमार ओलीलाई म्यान अफ द म्याच घोषणा गरिएको थियो ।

दोश्रो सेमिफाइनल

टस जितेर व्याटिङ रोजेको भ्यालिटपले २० ओभरमा ९ विकेट गुमाउँदै ६७ रन मात्र जोडेको थियो । जसमा भोजराज केसीले १३ रन जोडे पनि अन्य व्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

पद्मोदयका लागि शरद सुवेदीले ३ र सन्दिप बस्नेतले २ विकेट लियेका थिय !

६८ रनको विजयी लक्ष्यसहित मैदान प्रवेश गरेको पद्मोदयले १२ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य भेटाएको थियो । जसमा युवराज सुवेदीले १९ र सुमन दशौदीले ११ रन लिनुभएको थियो, भने अन्य व्याट्सम्यान चल्न सकेनन् ।

बलिङतर्फ ४ विकेट लिने भ्यालिटपका प्रशान्त जिएमलाई म्यान अफ द म्याच घोषणा गरिएको थियो ।

गत फागुन २१ गतेदेखि गुलरिया क्रिकेट मैदानमा जारी प्रतियोगीतामा जिल्लाका १२ वटा विद्यालयको सहभागिता रहेको थियो ।

प्रतियोगीताको मुख्य प्रायोजकमा तपस्या ट्रेडर्स, सह–प्रायोजकमा घोराही उपमहानगरपालिका वडानम्वर १५, ड्रिमल्याण्ड टेडर्स घोराही दाङ र व्यवसायी सनत गिरी रहेका छन !

प्रतियोगीताको प्रथम पुरस्कार घोराही उपमहानगरपालिका र दोस्रो पुरस्कार द् लोटस टे«निङ सेन्टर घोराहीले प्रायोजन गरेको प्रतियोगीता संयोजक केशव अधिकारीले जानकारी दिएका छन !

प्रतियोगीताको हस्पिटालिटी पार्टनरमा टी थ्री प्यालेस र फुड एण्ड रिफ्रेसमेन्ट पार्टनरमा मानाकासी सिने प्लेक्स घोराही र अन्य प्रायोजकमा सत्यवती पुस्तक पसल, दङाली माछापालन, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक, एम.एस.अटो घोराही, दीयो गार्मेन्ट घोराही, सनराइज मेडिसिएन एण्ड डिस्ट्रिब्यूटर्स घोराही, कैलास रोका र बाशुदेव शर्मा रहेका छन !

विद्यालय स्तरमा क्रिकेटप्रति आकर्षण बढाउँदै क्रिकेटको विकास गर्ने उद्देश्यका साथ आयोजित प्रतियोगीतामा पहिलो हुने विजेता टिमले नगद रु. २५ हजार र दोस्रो हुने टिमले रु. १५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।

Post Your Comments

comments

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Advertisement
Loading...
Advertisement

Like us on Facebook

Follow us on Twitter

Newsletter

हाम्रो साईटमा सदस्यता लिन तपाईंको ईमेल ठेगाना प्रविष्ट गर्नुहोस् र ईमेल द्वारा नयाँ पोष्टहरूको अधिसूचनाहरू प्राप्त गर्नुहोस् ।

More in Cricket Himalaya News