Cricket Himalaya
Cricket News From Top of The World

थाईल्यान्ड बिरुद्ध नेपाली महिला क्रिकेट टोली पराजित

फाल्गुन ०९, क्रिकेट हिमालय

एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी क्रिकेट ग्राउन्ड, थाईल्यान्डमा भएको नेपाल भर्सेज थाईल्यान्डबिच को खेलमा नेपाली महिला क्रिकेट टोली पराजित भएको छ ।

टस जितेर ब्याटिङ गरेको थाईल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२४ रनको योगफल तयार गर्दै नेपाललाई १२५ रनको लक्ष्य दिएको थियो । नेपालले ८ विकेट गुमाएर पुरै ओभरमा मात्र ६७ रन बनाउन सक्यो र ५७ रनले पराजित भयो ।

टस जितेर ब्याटिङ गरेको थाईल्यान्ड महिला क्रिकेट टोलीले पुरै २० ओभर खेली ७ विकेट गुमाएर १२४ रन बनाएको थियो । नेपालको लागि कबिता र नेरी ले समान २/२ विकेट लिएका थिए भने रुबिना र करुना ले समान १/१ विकेट लिएका थिए । थाईल्याण्ड ओपनर नारुएमोल चाईवाईले २७ बलमा ३२ रन बनाईन् भने चौथो नम्बरमा ब्याटिङ गर्न आएकी चनिदा सुत्थिरुअङ्गले पनि २९ बलमा आक्रमक ३५ रनको पारी खेलिन् । त्यस्तै पाँचौं नम्बरमा ब्याटिंग गर्न आएकी ओङ्गपाका लिएङ्गप्रसेर्टले पनि अविजित रहँदै २८ रनको योगदान दिईन । १२५ रनको लक्ष्य पक्षयाएको नेपालको सुरुवात एकदम खराब रहयो । ४.३ ओभरमा ८ रन हुँदा नेपालले ३ विकेट गुमाएको थियो । नेपालको लागि सर्बाधिक २९ (४४) रन १ चौका बनाईन भने सिता राना मगरले १८ (३४) १ चौका बनाईन । [ खेलको स्कोर कार्ड ]