Connect with us

Cricket Himalaya News

सन्दिप आवद्ध मेल्बर्न स्टार्स बिबिएलको फाइनल प्रवेश

सन्दिप आवद्ध मेल्बर्न स्टार्स बिबिएलको फाइनल प्रवेश

फाल्गुन २, क्रिकेट हिमालय

अस्ट्रेलियामा जारी बिग ब्यास लिग अन्तर्गत सन्दिप लामिछाने आवद्ध मेल्बर्न स्टार्सले पहिलो सेमिफाइनल खेल ‘होबर्ट हुरिकेन्स’ बिरुद्ध ६ विकेटको जित निकाल्दै फाइनल प्रवेश गरेको छ । सुरुमा ब्याटिङ गरेको होबर्टले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५३ रन बनाएको थियो, उसका लागि बि आर म्याक्डेरमटले ४२ बलमा ५३ रन बनाएका थिए । मेल्बर्नका लागि डिजे वरलले ४ विकेट लिएका थिए । सन्दिप लामिछानेले ४ ओभरमा ३१ रन दिदै कुनै विकेट लिन सफल भएनन ।

लक्ष पछ्याएको मेल्बर्नले १८.५ ओभरमा ४ विकेट गुमाउँदै १५७ रन बनाएपछी ६ विकेटको जित निकाल्दै बिबिएलको फाइनल प्रवेश गरेको छ । मेल्बर्न स्टार्स लिग चरणको अन्तिम एवम आफ्नो चौधौ खेलमा ‘सिडनी सिक्सर्स’ बिरुद्ध जित निकाल्दै अघिल्लो चरण प्रवेश गरेको थियो । प्रतियोगिताको सुरुवाती ४ खेल खेलेका सन्दिपले ८ विकेट लिएका थिए भने मेल्बर्न स्टार्सको तेह्रौ एवम सन्दिपको पाचौ खेलमा भने विकेट लिन सकेनन । छैठौ खेलमा भने उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिएका थिए ।

सन्दिपको प्रदर्शन

पहिलो खेल – ४ ओभर : (३४/२)
दोश्रो खेल – ४ ओभर : (२४/३)
तेश्रो खेल – ४ ओभर : (१८/२)
चौथो खेल – ४ ओभर : (३१/१)
तेह्रौ खेल – २ ओभर : (२८/०)
चौधौ खेल – ३.४ ओभर : (११/३)
सेमिफाइनल – ४ ओभर : (३१/०)

Post Your Comments

comments

आजको खेल :

Prime Minister Cup
2019
Mulpani Cricket Stadium

Prime Minister Cup
2019
Tribhuvan University International Cricket Ground

🇳🇵 Fixtures

Prime Minister Cup
2019
Mulpani Cricket Stadium

Prime Minister Cup
2019
Tribhuvan University International Cricket Ground

Prime Minister Cup
2019
Tribhuvan University International Cricket Ground

Prime Minister Cup
2019
Mulpani Cricket Stadium

ICC World Cup Twenty20 Asia Qualifier
2019
Indian Association Ground

Advertisement

More in Cricket Himalaya News