Cricket Himalaya
Cricket News From Top of The World

धनगढी प्रिमियर लिग (डिपिएल) को तेश्रो सिजन माघ २६ देखी

माघ २२, क्रिकेट हिमालय

धनगढी प्रिमियर लिग (डिपिएल) धनगढी स्थित ‘प्रस्तावित फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदान’ मा माघ २६ देखी सुरु हुदैछ ।

मुख्य प्रायोजक

विजय डिस्टिलरीको ‘रुस्लान क्रिकेट’ ले डिपिएलको मुख्य प्रायोजन गरेको छ । विजय डिस्टिलरी र आयोजकका बीच यस संस्करणका लागि नगद र जिन्सी गरि १ करोड १० लाखको कीर्तिमानी सम्झौता भएको थियो ।

हाइजीन पार्टनर

हिमाल डेन्टल डिपिएलको हाइजीन पार्टनर रहेको छ, नगद र अन्य शिर्षकमा गरि ७ लाख रुपैयाँ बराबरको सम्झौता दुवै बीच भएको हो । डेन्टलले रुस्लान डिपीएल खेल्ने प्रत्येक खेलाडीलाई ५ हजार रुपैयाँ बराबरको निशुल्क दाँत चेक कप गराउने छ ।

जोन्टी रोडस गुडविल एम्बासडर

बिश्व प्रसिद्ध दक्षिण अफ्रिकी क्रिकेटर जोन्टि रोड्स रुस्लान धनगढी प्रिमियर लिग तेश्रो संस्करणको गुडविल एम्बासडर नियुक्त भएका छन । रोड्स लिग आयोजना अवधिभर धनगढीमा नै रहनेछन् र प्रतियोगिता दौरान बिभिन्न कार्यक्रमहरुमा आबद्ध हुनेछन ।

अजोड इन्स्योरेन्स पार्टनर

अजोड इन्सुरेन्स लिमिटेड डिपिएलको इन्स्योरेन्स पार्टनर रहेको छ, प्रतियोगितामा ब्याट्सम्यानले प्रहार गरेको छक्का क्याच गर्ने खेलाडीलाई दश हजार प्रदान गर्ने भएको छ ।

धनगढी स्टार्सको मुख्य प्रायोजक ग्लोबल कलेज

रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) टोली ‘धनगढी स्टार्स’ लाई ग्लोबल कलेज अफ म्यानेन्जेन्टले २० लाख बराबरको मुख्य प्रायोजन गरेको छ ।

अक्सनमा उच्च मुल्यमा किनिएका खेलाडीहरु

कुल ६ खेलाडीको अक्सनमा उच्च मूल्य रु २ लाख ५० हजारमा किनिएको थियो ।

  1. बिनोद भन्डारी : (रुपन्देही च्यालेन्जर्स)
  2. ललित भन्डारी : (रुपन्देही च्यालेन्जर्स)
  3. आरिफ सेख : (महेन्द्रनगर युनाइटेड)
  4. ललित राजबन्शी : (काठमाडौ गोल्डेन्स)
  5. पवन सराफ : (धनगढी स्टार्स)
  6. भिम सार्की : (रुपन्देही च्यालेन्जर्स)

खेल फर्म्याट

१५ दिन सम्म संचालन हुने लिगमा कुल १९ खेल हुनेछन । तेस्रो सिजनको डिपिएलका सबै फाप्ला क्रिकेट ग्राउन्डमा हुनेछन । उत्कृष्ट ४ टिमले प्ले अफमा पुग्नेछन ।

हरेक टिममा कुल खेलाडी

डिपिएलका प्रत्येक टिमले अक्सनबाट १२ खेलाडी, एक रणनैतिक खेलाडी र दुई विदेशी गरि १५-१५ खेलाडी टोलीसँग आवद्ध गरेका छन ।

तेस्रो संस्कणमा सहभागी टिमहरु

  1. धनगढि स्टार्स,
  2. महेन्द्रनगर युनाइटेड,
  3. सिवाइसी अत्तरिया,
  4. विराटनगर किंग्स,
  5. रुपेन्देही च्यालेन्जर्स
  6. काठमाडौं गोल्डेन्स छन ।

टिम र रणनीतिक खेलाडीहरु :

  1. धनगढी स्टार्स – सोमपाल कामी
  2. महेन्द्रनगर युनाइटेड – शरद भेसावकर
  3. बिराटनगर किंग्स – करण केसी
  4. रुपन्देही च्यालेन्जर्स – वसन्त रेग्मी
  5. काठमाडौँ गोल्डेन्स – ज्ञानेन्द्र मल्ल
  6. सीवाईसी अत्तरिया – दिपेन्द्र सिंह एरि

खेलाडी र टिम

१. धनगढी स्टार्स :- सोमपाल कामी (रणनीतिक खेलाडी), पवन सर्राफ, सुनिल धमला, अमित श्रेष्ठ, सौरभ खनाल, बिपिन खत्री, हरि बहादुर चौहान, दिपेश श्रेष्ठ, राजु रिजाल, सन्दिप रजाली, रोबिन क्षेत्री, धिरज शाही, कृष्ण ऐयर, रोहन मुस्तफा र सागर त्रिबेदी

२. सिवाईसी अत्तरिया टिम :- दिपेन्द्र सिंह ऐरी (रणनितिक खेलाडी), आदिल अन्सारी, भुवन कार्की, दीपेन्द्र रावत, जितेन्द्र सिंह ठकुरी, कमल सिंह ऐरी, खगेन्द्र जोशी, प्रेम तमाङ, राम नरेश गिरी, रित गौतम, शुभेन्दु पाण्डे, सन्दीप जोरा, ज्ञानेन्द्र कुँवर, सन्नी पटेल (बिदेशी खेलाडी) र जयकिशन कोल्सवाला (बिदेशी खेलाडी) छन ।

३. महेन्द्रनगर युनाईटेड टिम :- शरद भेसावकर ( कप्तान ), आरिफ शेख, रोहित पौडेल, अभिनाश बोहरा, अमर सिंह रौटेला, सागर ढकाल, दिलिप नाथ, सिद्धान्त लोहनी, शाहब आलम, कुशल मल्ल, दिपेन्द्र चन्द, सन्तोष भट्ट, सुशील खड्का (लोकल प्लेयर) , मोहम्मद नबिद ( बिदेशी खेलाडी)

४. बिराटनगर किंग्स :- रणनीतिक खेलाडीको रुपमा करण केसी रहेका छन् । टिमका अन्य खेलाडीमा आरिफ शेख, कुशल भुर्तेल, पृथु बास्कोटा, किशोर महतो, सुशन भारि, हरिशंकर शाह, संसाद शेख, राजेश पुलामी, अर्जुन अधिकारी, अमित गुरुङ्ग, तृत राज दास र सुवाश ऐयर छन । भारतीयका २ प्रथम श्रेणी क्रिकेटर अभिनाश यादब र शिभकान्त शुक्ला बिदेसी खेलाडीको रुपमा

५. रुपन्देही च्यालेन्जर्स :- हङकङ राष्ट्रिय टिमको कप्तानी गरिसकेका बाबर हायात तथा पाकिस्तानको प्रथम श्रेणी क्रिकेटर राजा अलि दर बिदेसि खेलाडी, रणनीतिक खेलाडी बसन्त रेग्मी, बिनोद भन्डारी, ललित भण्डारी, भिम सार्की, प्रदिप एरि, सन्दिप सुनार, बिक्रम सोब, कृष्ण कार्की, सुमित महर्जन, अनिल खरेल, पुरन बिक, सुरज दराई र शेर मल्ल रहेका छ

६. काठमाडौ गोल्डेन्स :- ग्यानेन्द्र मल्ल, ललित राजवंशी, रसिद खान, अनिल कुमार शाह, बिक्रम कुमार भुसाल, योगेन्द्र कार्की, सोनु तामाङ, सुर्या तामाङ, मेहबुब आलम, नन्दन यादव, सुधिर चौधरी, अभिनय यादव, बिक्रम थगुन्ना

टाइसिट