Connect with us

Cricket Himalaya News

बिबिएल – सन्दिपले लिएका चारै विपक्षी कप्तानहरुको विकेट [भिडियोसहित]

पौष १८, क्रिकेट हिमालय | काठमाडौं

अस्ट्रेलियामा जारी बिग व्यास लिगको चौथो चरणको खेल सकिएको छ । सन्दिप भने बिबिएलको चौथो चरणको खेल पस्चात बङ्गलादेश प्रिमियर लिग (बिपिएल) खेल्न बङ्गलादेश गएका छन । चौथो चरणको खेल सकिदा नेपाली युवा क्रिकेटर सन्दिप लामिछाने मेलबर्न रेनेगेड्सका कप्तान टम कुपर १० (९) लाई बोल्ड गरी चार खेलमा चारै विपक्षी कप्तानहरुको विकेट लिएका थिए । टिमको लागि दशौं ओभरमा आफ्नो व्यक्तिगत दोस्रो ओभर गर्ने क्रममा कुपर सन्दिपको सिकार भएका थिए । रेनेगेड्स बिरुद्द ४ ओभर बलिङ गर्ने क्रममा ३१ रन खर्चेका थिए । यसअघीका तीन खेलमा पनि सन्दिपले विपक्षी कप्तानहरुकै विकेट लिएका थिए ।

ति चार कप्तानहरु को विकेट :

पहिलो कप्तान, शेन वाट्सन [सिडनी थनडर्स] :

टिमको लागि ८ औ ओभर गर्न आएका सन्दिपले आफ्नो ओभरको दोश्रो बलमै शेन वाटसन लाई २२ (१९) आउट गरेका थिए । साथै उक्त ओभरमै छैटौ बलमा कालुम फर्गुसन १५ (११) लाई पनि आउट गरी १ ओभरमै २ विकेट लिएका थिए । थनडर्स बिरुद्द ४ ओभर बलिङ गर्दै ३६ रन दिएर २ विकेट लिएका थिए । पुरा खबर यहाँ क्लिक गरी पढ्नुहोस् ।

विकेट भिडियो :


दोस्रो कप्तान, म्याथु वेड [होबार्ट हरिकेन्स] :

टिमको लागि १४ औ ओभरमा सन्दिपले दोस्रो बलमानै ५२ (३७) रन बनाएका कप्तान म्याथु वेड क्याच आउट गराएका थिए । लेग स्पिन बललाई स्विप गर्ने क्रममा सर्ट फाइन लेगमा एडम जाम्पाको हात बाट क्याच आउट भएका थिए । हरिकेन्स बिरुद्द ४ ओभर बलिङ गर्दै २४ रन दिएर ३ विकेट लिएका थिए । पुरा खबर यहाँ क्लिक गरी पढ्नुहोस् ।

विकेट भिडियो :


तेस्रो कप्तान, मोइसेस हेनरिक्स [सिड्नी सिक्सर्स] :

टिमको लागि दोश्रो ओभरको दोश्रो बलमा सन्दिपले मोइसेस हेनरिक्स ९ (१५) लाई एलबीडब्लु आउट गरेका थिए । सन्दिपले आफ्नो पहिलो ओभरको पाँचौ बलमा मोइसेस हेनरिक्स बिरुद्ध एलबिडब्लुको लागि लामो अपिल गरेका थिए तर अम्पायरले नटआउट दिए । सिक्सर्स बिरुद्द ४ ओभर बलिङ गर्दै १८ रन दिएर २ विकेट लिएका थिए । पुरा खबर [] र [] क्लिक गरी पढ्नुहोस् ।

विकेट भिडियो :


चौथो कप्तान, टम कुपर [मेलबर्न रेनेगेड्स] :

पहिलो ओभर गरेको ७ ओभर टिमको लागि ११ औं ओभरमा आफ्नो दोश्रो ओभर बलिङ गरेका सन्दिपले उक्त ओभरको अन्तिम बलमा कप्तान टम कुपर १० (९) लाई बोल्ड आउट गरेका थिए । रेनेगेड्स बिरुद्द ४ ओभर बलिङ गर्दै ३१ रन दिएर १ विकेट लिएका थिए । पुरा खबर यहाँ क्लिक गरी पढ्नुहोस् ।

विकेट भिडियो :

सन्दिपले सिड्नी थनडर्स बिरुद्द २, होबार्ट हरिकेन्स विरुद्ध ३, सिड्नी सिक्सर्स विरुद्ध २ तथा मेलबर्न रेनेगेड्स बिरुद्द १ विकेट गरी ४ खेलमा १६ ओभर बलिङ गरी १०९ रन दिएर कुल ८ विकेट लिएका थिए ।

[F Photo : bigbash.com.au & cricket.com.au]

Post Your Comments

comments

Advertisement
Loading...
Advertisement

Like us on Facebook

Follow us on Twitter

Newsletter

हाम्रो साईटमा सदस्यता लिन तपाईंको ईमेल ठेगाना प्रविष्ट गर्नुहोस् र ईमेल द्वारा नयाँ पोष्टहरूको अधिसूचनाहरू प्राप्त गर्नुहोस् ।

More in Cricket Himalaya News