Connect with us

Cricket Himalaya News

सन्दिपको बिबिएलमा रेनेगेड बिरुद्धपनी लिए विकेट (भिडियोसहित)

पौष १७, क्रिकेट हिमालय

बिग ब्यास लिग आन्तर्गत नेपाली राष्ट्रिय टोलीका युवा लेग स्पिन्नर सन्दिप लामिछाने आज मेलबर्न रेनेगेडका टम कोपर १० (९) लाई बोल्ड गर्दै पहिलो विकेट हात परेका हुन् । उनले आफ्नो दोश्रो ओभरमा ४ रन खर्चिए । यसअघि आफ्नो पहिलो ओभरमा महँगो भएका सन्दिपले दुई चौका सहित ११ रन खर्चिएका थिए । पहिलो तीन बलमा दुई सिङ्गल खर्चिएका सन्दिपको चौथों र पाँचौ बलमा साम हार्परले लगातार दुई चौका प्रहार गरेका थिए । सन्दिपले मेलबर्न स्टार्सको तर्फबाट यसअघि तीन खेल खेल्दै सात विकेट आफ्नो नाममा दर्ता गराईसकेका छन् । पहिलो खेल सिडनी थनडर्स बिरुद्द २ विकेटदोस्रो खेल होबार्ट हरिकेन्स बिरुद्द ३ विकेट र तेस्रो खेल सिड्नी सिक्सर्स टिम बिरुद्द २ विकेट लिएका थिए ।

सन्दिपको त्यो ४ ओभर :

पहिलो ओभर – (१, ०, १, ४, ४, १)
दोस्रो ओभर – (१, १, ०, १, १, विकेट)
तेस्रो ओभर – (१, १, १, ४, ०, १lb)
चौथो ओभर – (०, १, १wd, १, ०, ४, २)

जम्मा : ३१/१

विकेट भिडियो

Post Your Comments

comments

Advertisement
Loading...

Loading...
Advertisement

More in Cricket Himalaya News