Cricket Himalaya
Cricket News From Top of The World

ईन्डोनेसियालाई पराजित गर्दै महिला क्रिकेट टिम फाईनलमा प्रवेश

माघ ४, क्रिकेट हिमालय

सेमिफाइनलमा आज ईन्डोनेसिया लाई ९२ रनले पराजित गर्दै नेपाल थाईल्यान्डमा जारी महिला टि-२० स्म्यास अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता को फाईनल प्रवेश गरेको छ । टेर्ड थाई मैदानमा भएको सेमिफाइनल खेलमा आज ईन्डोनेसियाले पहिले ट्स जितेर फिल्डिङ गर्ने निर्णय गरेको थियो । ट्स हारेर पहिले ब्याटिङ गरेको नेपालले उत्कृष्ट योगफल खडा गर्ने क्रममा निर्धारित २० ओभर पुरै खेल्दै मात्र ३ विकेट गुमाएर ११९ रन बनाएको थियो । नेपाल को लागि काजल श्रेष्ठ ले १४(२०), सिता राना मगर ४८ (६२), ईन्दु बर्मा ३७* (३३), नेरी थापा ५(५) र रुबिना ले २*(१) बनाएका थिए ।

१२० रनको ठुलो लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ गरेको ईन्डोनेसिया नेपाली बलर सामु निरीह साबित हुँदै ११.१ ओवर मा अलआउट हुँदै मात्र २७ रन बनाएपछी नेपालले शानदार जित हासिल गरेको हो । ईन्डोनेसियाका लागि युलियाको १३ रन नै सर्बाधिक स्कोर हुन पुग्यो । ईन्डोनेसिया को ब्याटिङ ध्वस्त पार्ने क्रममा नेपाल कि रुविना क्षेत्रि ले सर्बाधिक ४ विकेट लिन सफल भईन, यस्तै सिता राना मगर, सरिता मगर, नेरि थापा र कबिता कुवर ले पनि समान १/१ बिकेट लिन सफल भए । [ स्कोर कार्ड ]

महिला टि-२० स्म्यास नेपालको नतिजा

  • चिन बिरुद्ध १० विकेटले विजयी (चिन ४८/६, नेपाल ४९/०)
  • मलेसिया बिरुद्ध ६ विकेटले विजयी (मलेसिया ६१, नेपाल ६२/४)
  • युएई बिरुद्ध ६ विकेटले विजयी (युएई १०५/६, नेपाल १०६/४)
  • थाईल्याण्ड ‘ए’ बिरुद्ध ९ विकेटले विजयी (थाईल्याण्ड ‘ए’ १९, नेपाल २०/१)

जारी प्रतियोगितामा नेपाल अपराजित रह्दै फाईनल प्रवेश गरेको छ । अब नेपालले प्रतियोगिताको उपाधिका लागि युएई र आयोजक थाइल्याण्डबीचको विजेतासँग फाईनल खेल्नेछ ।