Connect with us

Nepal International

एसिसीको दुई बर्षे खेल तालिका सार्वजनिक, एसिया कप सहित १४ प्रतियोगिता

माघ १, शिशिर भट्टराई
एशियाली क्रिकेट काउन्सिल (एसिसी)ले आगामी २ बर्षे कार्यक्रमको तालिका सार्वजनिक गरेको छ । यस क्रममा एसिसीले पुरुष, महिला र उमेर समूहका १४ प्रतियोगिता आयोजना गर्ने भएको छ भने ३ कोचिङ कोर्ष संचालन गर्ने छ । यस क्रममा एसिसीले दुई वर्षबीचमा टि-ट्वान्टी एशिया कप, महिला एशिया कप, एशिया कपको महिला र पुरुष छनौट प्रतियोगिता, दूई अन्डर १९ एशिया कप, दूई इमर्जिङ टिम्स कप कासाथै सिनियर, अन्डर १९ र अन्डर १६ को पुर्वी र पश्चिम क्षेत्रीय प्रतियोगिता आयोजना गर्ने भएको छ ।

२०१९ मा अन्डर १९ एशिया कप
एसिसीले जारी गरेको तालिका अनुसार यसै बर्ष जुलाई-अगस्टमा श्रीलंकामा अन्डर १९ एशिया कप आयोजना हुने भएको छ । उक्त प्रतियोगितामा ५ टेष्ट राष्ट्रका साथै क्षेत्रीय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने ३ एसोसिएट हुने छन् । क्षेत्रीय प्रतियोगिताअन्तर्गत पश्चिम क्षेत्रको प्रतियोगिता फेब्रुअरीमा हुने छ भने पूर्ब क्षेत्रको प्रतियोगिता मईमा मलेसियामा हुने छ । यसका साथै एसिसिले मार्चमा पूर्ब क्षेत्रको थाईल्याण्ड र अक्टोबरमा ओमनमा अन्डर १६ प्रतियोगिता संचालन गर्ने छ । एसिसीको बर्गिकरण अनुसार पुर्वी क्षेत्रमा नेपालसंगै हंगकंग, मलेसिया, सिंगापुर, थाइल्याण्ड, भुटान, चिन र म्यानमार रहेका छन् भने पश्चिम क्षेत्रमा यूएई, ओमन, साउदी अरेबिया, इरान, मालदिभ्स, कुवेत र कतार रहेका छन् ।

नेपालले इमर्जिङ टिम्स कप गुमाउने
गत बर्ष भएको एशिया कप छनौटमा खराब प्रदर्शन गर्ने क्रममा चौथो भएको नेपालले उक्त खराब प्रदर्शनको सजाय यस वर्ष पनि भोग्नु पर्ने भएको छ । जस अनुसार डिसेम्बरमा बंगलादेशमा हुने उक्त प्रतियोगितामा ५ टेष्ट राष्ट्रका साथै यूएई, हंगकंग र ओमन खेल्दा नेपाल बाहिर रहनेछ ।

२०२० मा टि-ट्वान्टी एशिया कप हुने, नेपालले दोहोरो छनोट पार गर्नु पर्ने
एसिसीले जारी गरेको तालिका अनुसार २०२० सितम्बरमा पाकिस्तानले एशिया कप आयोजना गर्ने भएको छ । एशिया कप प्रतियोगितामा ५ टेष्ट राष्ट्रका साथै एक एसोसिएट राष्ट्र छनौट प्रतियोगिता मार्फत आउने छ । एसिसीले एशिया कप छनौटका लागि एसोसिएट राष्ट्रका लागि दोहोरो छनौट प्रतियोगिता घोषणा गरेको छ । जसअन्तर्गत २०२० फेब्रुअरीमा पश्चिम र मार्चमा थाइल्याण्डमा पूर्व क्षेत्रको छनौट प्रतियोगिता हुने छ जसबाट प्रत्येक क्षेत्रीय प्रतियोगिताबाट दुई-दुई टोली अगस्टमा मलेसियामा हुने एशिया कप छनौट प्रतियोगितामा खेल्ने छन् र उक्त प्रतियोगिताको बिजेता एशिया कपमा छनौट हुने छ । यसका साथै एसिसीले २०२० मै महिला एशिया कप र अन्डर १९ एशिया कप, इमर्जिङ टिम्स कपको समेत आयोजना गर्ने भएको छ । २०२० सितम्बरमा बंगलादेशमा हुने महिला एशिया कपमा भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाका साथै सोही बर्ष जुनमा मलेसियाले आयोजना गर्ने महिला एशिया कप छनौटको दुई टोली खेल्ने छन् । उक्त छनौटमा ८ टोली खेल्ने भनिएपनि कुन कुन हुने टुंगो लागेको छैन । यसैगरी २०२० नोवेम्बरमा यूएईमा हुने अन्डर १९ एशिया कपमा ५ टेष्ट राष्ट्र र पूर्वका २ र पश्चिमको १ एसोसिएट हुने छन् । त्यस्तै डिसेम्बरमा भारतमा हुने इमर्जिङ टिम्स कपमा ५ टेष्ट राष्ट्रका युवा टोली र बरियता क्रममा माथिका ३ एसोसिएट हुने छन् ।

Post Your Comments

comments

Nepal U19 v Singapore U19

Nepal U19 v Singapore U19

April 12, 2019

Advertisement
Loading...

Loading...
Advertisement

More in Nepal International