Connect with us

Cricket Himalaya News

सन्दिप आबद्ध मेलबर्न स्टार्सको चौथो प्रतिद्वन्द्वी ‘मेलबर्न रेनेगेडस’

पौष १५, क्रिकेट हिमालय

अस्ट्रेलियामा जारी बिग ब्यास लिग अन्तर्गत नेपाली युवा खेलाडी सन्दिप लामिछाने आवद्ध टिम मेलबर्न स्टार्सले आफ्नो चौथो खेल मङलबार (पौष १७) मेलबर्न रेनेगेडस सँग खेल्दैछ ।

तेश्रो खेलमा सिडनी सिक्सर्सलाइ ५ विकेटले जितेको मेलबर्न स्टार्स दोश्रो खेलमा होबर्ट हुरिकेन्स बिरुद्ध ६ रनले पराजित भएको थियो भने पहिलो खेलमा सिडनी थनडर्स संग १५ रनले पराजित पराजित भएको थियो । बिग ब्यास लिग अन्तर्गत मेलबर्न स्टार्सबाट सुरुवाती तीन खेलनै खेलेका सन्दिप लामिछाने कुल ७ विकेट सहित शीर्षस्थानमा सम्युक्त रुपमा रहेका छन ।

अंक तालिका

सुरुवाती दुई खेल नै जित्न सफल मेलबर्न रेनेगेडस तेश्रो खेलमा भने पराजित रहेको थियो, अन्क तालिकाको दोश्रो स्थानमा रहेको छ भने एक जित र दुई हार सहितको मेलेबर्न स्टार्स तालिकामा पाचौ स्थानमा रहेको छ ।

सन्दिपको तेश्रो खेलको ४ ओभर : (१८/२)

पहिलो ओभर – (०, ०, १, १, ०, २)
दोस्रो ओभर – (०, विकेट, २, १, ०, १)
तेस्रो ओभर – (१, ०, १, ०, १, विकेट)
चौथो ओभर – (४, ०, १, ०, १, १)

सन्दिपको दोश्रो खेलको ४ ओभर : (२४/३)

पहिलो ओभर – (१, १, विकेट, १, १, १)
दोश्रो ओभर – (०, ०, ०, १, ४, २)
तेश्रो ओभर – (०, विकेट, १, १, ६, ०)
चौथो ओभर – (विकेट, १, १, १, १, ०)

सन्दिपको पहिलो खेलको ४ ओभर : (३४/२)

पहिलो ओभर – (१, विकेट, १, ०, १, विकेट)
दोश्रो ओभर – (१, ०, ०, १, ४, ०)
तेश्रो ओभर – (१, १, २, २, १, ६)
चौथो ओभर – (६, ०, ६, ०, १, १)

टिम मेलबर्न स्टार्स

ग्लेन म्याक्सवेल (कप्तान), माइकल बिएर, ज्याक्सन बर्ड, स्कट बोल्याण्ड, लियाम बोवे, ड्वेन ब्राबो, ज्याक्सन कोलेम्यान, ट्रविस डिन, बेन डंक, सेब गोच, ईभान गुल्बिस, पिटर ह्याण्डकम, सन्दिप लामिछाने, निक म्याड्डीन्सन, जोनाथन मेर्लो, मार्कस स्टानोइस, ड्यानियल वोर्रल र एडम जाम्पा

मेलबर्न स्टार्सको खेल तालिका

डिसेम्बर २१ : सिड्नी थन्डर / डिसेम्बर २४ : होबर्ट हुर्रिकेंस / डिसेम्बर २७ : सिडनी सिक्सर्स / जनवरी १ : मेलबर्न रेनेगेडस / जनवरी ५ : सिडनी थनडर्स / जनवरी ९ : पार्थ सक्र्चर्स / जनवरी ११ : एडिलेट स्ट्राइकर्स / जनवरी १४ : होबर्ट हुरिकेंस / जनवरी १९ : मेलबर्न रेनेगेडस / जनवरी २३ : एडिलेट स्ट्राइकर्स / जनवरी २७ : बिर्स्बेन हिट / फेब्रुअरी ३ : पर्थ स्कर्चर्स / फेब्रुअरी ८ : बिर्स्बेन हिट / फेब्रुअरी १० : सिडनी सिक्सर्स

बिग ब्यास लिग

बिग ब्यास लिगमा कुल ८ टिमहरु एडलेड स्ट्राईकर, ब्रिसबेन हिट, होबार्ट हरिकेन्स, मेलबर्न रेनेगेड्स, मेलबर्न स्टार्स, पर्थ स्कर्चर्स, सिड्नी सिक्सर्स र सिड्नी थन्डर रहेका छन् ।

खेलको प्रत्यक्ष प्रसारण सोनी सिक्स मार्फत हेर्न सकिनेछ । हरेक दिन दिउसो २ बजे खेल हुनेछन । बिग ब्यास लिग खेले बापत सन्दीपले ६०/७० हजार डलर पाउने जनाइएको छ । राउण्ड रोबिन र नकआउट चरणमा हुने बिग ब्यास लिगको पुर्ब बिजेता एडिलेड स्ट्राईकर हो । सन्दिप आवद्ध टिम मेलबर्न स्टार्स अघिल्लो (सातौँ) संस्करणमा अंक तालिकाको पुछारमा रहेको थियो ।

सन्दीपको सेड्युल

सन्दिप लामिछाने नेपालमा तेस्रो एभरेस्ट प्रिमियर लिग बिजेता ललितपुर प्याट्रीट्स तर्फबाट सुरुवाती दुइ खेल खेल्दै बिग ब्यास लिग प्रतियोगिताका लागि अस्ट्रेलिया पुगेका हुन् । बिग ब्यास लिग चल्दै गर्दा उनि पुर्ब प्रतिबद्धता अनुरुप बंगलादेशको घरेलु टि-२० क्रिकेट प्रतियोगिता बंगलादेश प्रिमियर लिग (बिपिएल) खेल्न जाने छन् । उनको स्थानमा लियाम प्लङ्केटलाइ मेलबर्न स्टार्सले अनुबन्ध गरिसकेको छ । ५ जनवरी देखि ८ फेब्रुअरी २०१८ सम्म हुदै गरेको बिपिएल अन्तर्गत अस्ट्रेलियाका डेविड वार्नरको कप्तानीमा रहेको स्यलहेट सिक्सर्सबाट सन्दिप लामिछानेले खेल्नेछन । बंगलादेशमा लिग सक्नासाथ सन्दिप पुन: अस्ट्रेलिया फर्कने कार्यक्रम रहेको छ ।

तस्बिर : मेलबर्न स्टार्सको फेसबुक पेज मार्फत लिईएका हुन

Post Your Comments

comments

आजको खेल :

Prime Minister Cup
2019
Mulpani Cricket Stadium

Prime Minister Cup
2019
Tribhuvan University International Cricket Ground

🇳🇵 Fixtures

Prime Minister Cup
2019
Mulpani Cricket Stadium

Prime Minister Cup
2019
Tribhuvan University International Cricket Ground

Prime Minister Cup
2019
Tribhuvan University International Cricket Ground

Prime Minister Cup
2019
Mulpani Cricket Stadium

ICC World Cup Twenty20 Asia Qualifier
2019
Indian Association Ground

Advertisement

More in Cricket Himalaya News