Connect with us

Cricket Himalaya News

बिबिएलमा सन्दिपको तेस्रो खेल – लिए २ विकेट (भिडियोसहित)

पौष १२, क्रिकेट हिमालय

अस्ट्रेलियाको घरेलु टि–२० क्रिकेट प्रतियोगिता बिगबास लिगमा मेलबर्न स्टार्सले आज सिड्नी सिक्सर्स टिम बिरुद्द खेलेको थियो । यो खेल नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेको बिबिएलमा तेस्रो खेल हो ।

सन्दिप ले सिड्नी सिक्सर्स टिम बिरुद्द पुरै ४ ओभर बलिङ गरी १८ रन दिएर २ विकेट लिए । यसअघी का दुई खेल मा पनि विकेट लिएका थिए । पहिलो खेल सिडनी थनडर्स बिरुद्द २ विकेट तथा दोस्रो खेल होबार्ट हरिकेन्स बिरुद्द ३ विकेट लिएका थिए । आज सिक्सर्सका कप्तान हेनरिक्स ९ (१५) र टम कुरानलाई २ (६) लाई एलबीडब्लु को धरापमा पारे । सन्दिपले अहिलेसम्म खेलेका ३ खेलमा १२ ओभर बलिङ्ग गर्दै ७८ रन दिएर ६.५ को औसतले ७ विकेट लिएका छन् ।

सन्दिपको त्यो ४ ओभर :

पहिलो ओभर – (०, ०, १, १, ०, २)
दोस्रो ओभर – (०, विकेट, २, १, ०, १)
तेस्रो ओभर – (१, ०, १, ०, १, विकेट)
चौथो ओभर – (४, ०, १, ०, १, १)

जम्मा : १८ /२

हेनरिक्स को विकेट :

सन्दिपको अहिले सम्मका बिदेशी लिगहरु :

  • हङकङ टि-२० ब्लीटज २०१६ ।
  • माइकल क्लार्कको निम्तोमा सन्दिप सेप्टेम्बर २०१६ मा अस्ट्रेलिया पुगेका उनले अस्ट्रेलियामा वेस्टर्न सबर्ब क्लबबाट न्यु साउथ वेल्स प्रिमियर प्रथम श्रेणी क्रिकेट खेलेका थिए ।
  • भारतिय लिग इन्डियन प्रिमियर लिगमा आवद्ध ।
  • क्यारेबियन प्रिमियर लिगमा आवद्ध ।
  • अफ्घानिस्तान प्रिमियर लिगमा आवद्ध ।
  • युएई टि-१० मा आवद्ध ।
  • अस्ट्रेलियन बिग ब्यास लिगमा आवद्ध ।
  • पाकिस्तानको पाकिस्तान सुपर लिगमा छनोट ।
  • बंगलादेशको बंगलादेश प्रिमियर लिगमा छनोट ।

यो पनि पढ्नुहोस् : भरतपुर क्रिकेट एकेडेमीले सन्दिपको डकुमेन्ट्री बनाउदै

Photos : @BBL Twitter

Post Your Comments

comments

🇳🇵 U16 🆚 🇲🇲 U16

Nepal U16 v Myanmar U16

April 20, 2019

🇳🇵 Fixtures

ICC World Cup Twenty20 Asia Qualifier
2019
Indian Association Ground

ICC World Cup Twenty20 Asia Qualifier
2019
Indian Association Ground

ICC World Cup Twenty20 Asia Qualifier
2019
Indian Association Ground

ICC World Cup Twenty20 Asia Qualifier
2019
Indian Association Ground

ACC U16 Eastern Region Cricket Tournament
2019
Prem Tinsulanonda International School

Advertisement
Advertisement

More in Cricket Himalaya News