Cricket Himalaya
Cricket News From Top of The World

भैरहवा ग्लाडियटर्स फाइनलमा प्रवेश

पौष ५, क्रिकेट हिमालय

एभरेस्ट प्रिमियर लिग अन्तर्गत दोश्रो क्वालिफायरमा काठमाडौ किङ्स ११ लाई ६ विकेटले पराजित गर्दै भैरहवा ग्लाडियटर्स फाइनल प्रवेश गरेको छ ।

भैरहवाले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछी सुरुमा ब्याटिङ गरेको काठमाडौ किङ्स ११ को सुरुवात कमजोर रह्यो, १०.२ ओभरमा ३७ रन बनाउदा ४ विकेट गुमाउन पुगेको थियो । अमीत श्रेष्ठले ३२ बलमा १३, रोहन मुस्तफा ६ रन, नरेस बुढाएर २, केभिन ओब्रायन ० रनमा आउट भएका थिए । पाचौ विकेटका लागि प्रदिप साहु र सन्दिप रजाइली बिच ३४ रनको साझेदारी भएको थियो । प्रदिपले २२ बलमा २५ रन बनाए भने सन्दिपले २६ बलमा २७ रन बनाएका थिए । सोमपाल कामिले ८ बलमा ७ रन बनाएका थिए । सिद्धान्त लोहनिले ४* रन, सम्साद सेखले ० रन, जितेन्द्र मुखियाले २ रन र राजु रिजालले १ रन बनाए । भैरहवाको लागि कुसल मल्लले ३ विकेट, मोहम्मद नावेदले २ विकेट, अबिनास बोहरा, सरद भेषावकरले समान १/१ विकेट लिएका थिए ।

झिनो लक्ष पछ्यायको भैरहवाले पहिलो विकेटको रुपमा प्रदिप एरीलाई ३ ओभरमा गुमाएको थियो । उनले ३ रन बनाएका थिए । दोश्रो विकेटका लागि रायन टेन डेस्काटे र आरिफ सेख बिच २५ रनको साझेदारी भएको थियो । आरिफले १४ बलमा ५ रन बनाएका थिए । तेश्रो विकेटको लागि डेस्काटे र रवि इन्दर सिंह बिच ४२ रनको साझेदारी भएको थियो । डेस्काटेले ३८ बलमा ४५ रन बनाएका थिए । रविले १९ बलमा ३१ रन बनाएका थिए । सरद भेषावकरले ६* रन र रोहिल पौडेलले ९* रन बनाएका थिए । काठमाडौका लागि प्रदिप साहले १ विकेट, सम्साद सेखले २ विकेट लिएका थिए । [ स्कोर कार्ड ]